मेरिल्याण्डकी नेपाल प्रथम छात्रा सिम्रन अग्रवाल रंगेली नगरपालिकाद्वारा सम्मनित

<span class='c1'>मेरिल्याण्डकी नेपाल प्रथम छात्रा सिम्रन</span> <span class='c2'>अग्रवाल रंगेली नगरपालिकाद्वारा सम्मनित</span>

विराटनगर । विराटनगर-७ स्थित मेरिल्याण्ड कलेजकी छात्रा सिम्रन अग्रवाललाई रंगेली नगरपालिकाद्वारा सम्मानित गरिएको छ ।

निज अग्रवाल २०७८ सालको विविएस तेस्रो बर्षको बार्षिक परीक्षामा नेपालमै सर्वाधिक ८२.२ प्रतिशत ल्याई नेपाल प्रथम भएकी थिइन् । रंगेलीका मेयर दिलीप बगडिया, उपमेयर केशव कुमारी खराल, कार्यकारी अधिकृत नवराज कार्कीले पुरस्कार स्वरुप सिम्रनलाई एक थान ल्यापटप प्रदान गरी सम्मान गरेका थिए । ३५ औँ गणगौर पुजा महोत्सव, नेपाल मारवाडी गणगौर पुजा समितिले पनि अग्रवाललाई सम्मान गरेको थियो । मेयर बगडीयाले सिम्रनले कलेज र रंगेलीको नाम उचाईमा पुराएकोमा खुशी व्यक्त गर्नुभयो । बुबा रमाकान्त अग्रवाल र आमा पुष्पा अग्रवालको कोखबाट २०५३ सालमा कान्छी छोरीको रुपमा सिम्रन अग्रवाल रंगेलीमा जन्मेकी हुन् । विद्यार्थी अग्रवालले आफ्नो सफलतामा कलेजको र परिवारको मुख्य भूमिका रहेको बताइन् ।

त्यस्तै एक महिनाअघि मेरिल्याण्डले पनि प्राथमिक प्रोत्साहन स्वरुप नगद रु एक्काइस हजार प्रदान गरी सम्मान गरेको थियो । मेरिल्याण्डका छात्र रोहित जंग कार्कीले २०७४ सालमा नेपालमै उच्चतम ८४.३ प्रतिशत अंक ल्याई विविएस चौथो बर्षमा नेपाल प्रथम गरेका थिए भने त्यस्तै २०६७ सालमा किन्जल पोख्रेलले विविएसमा त्रिभुवन विश्वविद्यालय प्रथम भइ तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईद्वारा गोल्ड मेडल प्राप्त गरेका थिए । मेरिल्याण्ड कलेज व्यवस्थामन शिक्षामा प्रदेशकै अग्रणी शैक्षिक संस्था मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्