सिसी क्यामेरा फुटेजबाट पत्ता लाग्यो देउजालाई ठक्कर दिने सवारी

सिसी क्यामेरा फुटेजबाट पत्ता लाग्यो देउजालाई ठक्कर दिने सवारी

विराटनगर । विराटनगर ९ का सामाजिक अभियानकर्मी पुष्पराज देउजालाई गत शुक्रबार ठक्कर दिएर फरार रहेको सवारी साधन र चालकलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । विराटनगर ९ भानुटोलका सामाजिक अभियानकर्मी तथा हाम्रो समाजका सचिव ४२ वर्षीय पुष्पराज देउजालाई ठक्कर दिने सवारीसाधन र चालक सिसी क्यामेरा फुटेजबाट पक्राउ गरिएको हो ।

विराटनगर बसपार्कबाट मलायरोड हुँदै रानीमा रहेकी बहिनीको घरमा जाँदै गर्दा विराटनगर १४ स्थित बागमती प्लाष्टिक फ्याक्ट्री अगाडी शुक्रबार विहान ५ः३० बजे ठक्कर दिदाँ देउजाको मृत्यु भएको थियो ।
ईलाका प्रहरी कार्यालय रानी विराटनगरले सिसी क्यामेराको फुटेजका आधारमा सवारीसाधनसहित चालकलाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक प्रकास राउतको कमाण्डको टोलिले घरमा लुकाएर राखेको अवस्थामा सिटीसहित चालकलाई तीनदिनपछि पक्राउ गरेको छ । विराटनगर १४ का २२ वर्षीय विशाल गुप्तालाई आईतबार बिहान ८ बजे घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिनुभयो । गुप्ता चालक रहेको विराटनगर १–ह–०१०७ नम्बरको सिटीलाई नियन्त्रणमा लिइएको हो ।

‘घटना भए लगत्यै हामीले ठक्कर दिने सवारीसाधनलाई सिसी क्यामाराको आधारबाट विभिन्न सवारी साधनलाई निगरानी राख्यौ, प्रवक्ता श्रेष्ठले भन्नुभयो नियन्त्रणमा रहेको सिटीका चालकको गतिविधीलाई शंकास्पद देखिएपछि अनुसन्धान गर्दै जाँदा पुष्टिभयो । ठक्कर दिने चालकका बुबाले विराटनगर आँखा अस्पताल अगाडी होटल संचालन गर्दै आएका थिए । होटल खोल्नको लागी पु¥याउन जाँदा विहानको समयमा देउजालाई ठक्कर दिएको खुलेको छ । ठक्कर दिन साथ सिटी चालकले देउजालाई त्यही सडकमा छोडेर फरार भएका थिए । विहानको समयमा सुनसान भएको मौका छोपी सिटी रिक्सालाई हतार हतार आँखा अस्पताल अगाडी रहेको कृष्ण गेष्ट हाउसको कम्पाउण्ड भित्र लगेर लुकाएर राखेको खुलेको छ । त्यसपछी पुनः आफ्नो साधन घरमा लगेर तन्नाले छोपेर राखेको अवस्थामा प्रहरीले आईतबार विहान फेला हो ।
ठक्कर दिने गुप्तालाई ईलाका प्रहरी कार्यालय रानीले ५ दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको छ । उनी विरुद्ध सवारी ज्यानमा कसुरमा मुद्धा दर्ता गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्