प्रदेश नं. १ लाई खेलकुदमा अब्बल बनाउनुपर्छ : मन्त्री राई

प्रदेश नं. १ लाई खेलकुदमा अब्बल बनाउनुपर्छ : मन्त्री राई

विराटनगर । प्रदेश नं. १ का सामाजिक विकास मन्त्री राजन राईले प्रदेश १ को खेलकुदलाई अब्बल बनाउनुपर्ने बिषयमा जोड दिनुपर्ने बताएका छन् ।

सामाजिक विकास मन्त्रालयमा आयोजित नवनियुक्त प्रदेश खेलकुद विकास बोर्ड उपाध्यक्ष र सदस्य सचिवको सपथ ग्रहण कार्यक्रममा बोल्दै मन्त्री राईले यस्तो बताएका हुन् । उनले नवनियुक्त उपाध्यक्ष जीना कार्की र सदस्य सचिव हंशराज वाग्लेलाई प्रदेशको खेलकुदलाई गतिदिने गरि काम गर्न आग्रह गरे । उनले भने,‘ काँधमा जिम्मेवारी थपिएको छ, कार्यकाल सफल रहोस् ।’

शपथ ग्रहण कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनाली, उपसचिव फडिन्द्र खत्री लगायतको सहभागिता रहेको थियो । प्रदेश नं. १ सरकारकोे आईतबार बिहान बसेको मन्त्रिपरिषद बैठकले प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारी नियुक्त गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा विराटनगरकी कार्की र सदस्य सचिवमा ओखलढुंगाको ज्यामिरेका हंशराज वाग्लेलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारीले सन्तोषजनक काम गर्न नसकेको भन्दै बर्खास्त गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्