विराटनगरमा जारी व्यापार मेलाको समयावधि १ दिन थप : एड्रीन प्रधान आउने

विराटनगरमा जारी व्यापार मेलाको समयावधि १ दिन थप : एड्रीन प्रधान आउने

विराटनगर । विराटनगरमा जारी ‘मोेरङ व्यापार संघ रमपम टे«ड एक्स्पो–२०२२’ को समयावधि १ दिन थप गरिएको छ ।

मेलाप्रति उपभोक्ता तथा अवलोकनकर्ताहरुको आकर्षणलाई दृष्टिगत गर्दै उनीहरुकै माग बमोजिम आयोजक मेलाको समयसीमा १ दिन लम्ब्याएको हो । बुधबार एक्स्पो परिसरमा पत्रकार सम्मेलन गर्दै आयोजकले मेलाको समयावधि थप गरिएको जानकारी दिएको छ । यसअघि चैत्र १८ गतेदेखि सुरु भएको व्यापार मेला चैत्र २६ गते सम्पन्न हुने बताईएको थियो । तर, उपभोक्ता तथा व्यापारीहरुको माग बमोजिम अब एक्स्पो २७ गते आईतबार सम्पन्न हुने जनाईएको छ । आईतबार साँझ भने एड्रीन प्रधानको साङ्गितिक कार्यक्रमको व्यवस्था मिलाईएको एक्स्पोका संयोजक विकास बेगबानीले बताए । उनले आईतबार दिनको ११ बजे मेलाको औपचारिक समापन कार्यक्रम हुने जानकारी दिए । उनले भने, ‘मेलाको समापन कार्यक्रममा प्रदेश सरकारका मुख्यमन्त्रीलाई आमन्त्रण गरेका छौं ।’

आयोजकले हालसम्म विराटनगरका १४ वटा विद्यालयका विद्यार्थीहरुलाई मेलामा निःशुल्क भिजिट समेत गराईसकेको जनाएको छ । मोरङ व्यापार संघद्वारा आयोजित व्यापार मेला हालसम्म १ लाख ८० हजार बढी उपभोक्ताहरुले अवलोकन गरिसकेको आयोजकले जनाएको छ । आयोजकका अनुसार मेलामा हालसम्म १५ करोड बराबरको कारोबार भएको छ । मेलामा सबैभन्दा बढी इलेक्ट्रोनिक्स र अटोमोबाईल्सका उत्पादनहरु बिक्री वितरण भएको बताईएको छ ।

व्यापार मेलामा बिहीबार सबिन राई र शुक्रबार भने इन्दिरा जोशीको साङ्गितिक प्रस्तुतीको तयारी रहेको आयोजकले जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्