देशका प्रमुख दलहरुबाट परिर्वतनको अपेक्षा गर्नु मुर्खता हो : राप्रपा अध्यक्ष लिङ्गदेन

देशका प्रमुख दलहरुबाट परिर्वतनको अपेक्षा गर्नु मुर्खता हो : राप्रपा अध्यक्ष लिङ्गदेन

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको इतिहास संकटपुर्ण अवस्थामा पुग्नुमा देशकै प्रमुख दलहरुको दोष रहेको आरोप लगाएका छन् ।

बुधबार विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् । उनले एमाले, कांग्रेस र माओवादी लगायतका पार्टीका कारण राज्यका ३ अंग काम गर्न नसक्ने अवस्था पुगेको बताए । बैङ्किङ्ग क्षेत्रमा तरलता, विकासका आयोजनामा बजेट अभाव र देशमा ऋणको भार निरन्तर बढ्नुले देश आर्थिक संकटमा फस्दै गएको बिषयप्रति उनले चिन्ता व्यक्त गरे । उनले भने, ‘हामीले हेर्दा देश ठीकै रुपमा चलेको जस्तो देखिन्छ । तर, अहिले देश इतिहासकै सबैभन्दा संकटपूर्ण अवस्थामा फसेको छ । यस्तै अवस्था रहीरहे नेपाल श्रीलंका हुन धेरै बेर लाग्दैन् ।’

देशका लागि भनेर लिएको ऋण उत्पादनमुखी कार्यमा खर्च नगरी कार्यकर्ता पोस्ने र वितरणमुखी हिसाबले खर्च गर्ने परिपाटीका कारण मुलुक संकटमा पुगेको अध्यक्ष लिङ्गदेनले टिप्पणी गरे । जनताले कांग्रेस, एमाले र माओवादीबाट मुलुक परिवर्तनको अपेक्षा गर्नु भ्रम मात्र भएको उनले तर्क गरे ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीकी नेतृ तथा नायिक रेखा थापाले देश निमार्ण र अवसर सिर्जनाका निम्त्ति राष्ट्रिय प्रजातन्त्र पार्टीको उदय भएको बताईन् । उनले आउँदो स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई जिताएर सेवाको अवसर प्रदान गर्न आग्रह गरिन् । उनीले भनिन्, ‘हामीले बर्षौंवर्षदेखि एउटै अनुहारको वरिपरि राजनितिका अवयवहरु सञ्चालन भईरहेको देखेका छौं । त्यही अनुहारले बिना उर्जा र राष्ट्रिय संकल्प शासन सत्ता सम्हाल्दै आईरहेका छन् । अब हामीलाई अवसर दिएर हेर्नुहोस ।’

विराटनगरस्थित महेन्द्र चौकमा राजा महेन्द्रको शालिक भत्काईएको बिषयप्रति आपत्ति जनाउँदै उनीले पुनः शालिक निर्माण गरिने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले एमाले, कांग्रेस र माओवादी अब वृद्धवृद्धाहरुको पार्टी भईसकेको टिप्पणी गरे । उनले राप्रपा युवाहरुको पार्टी भएको भन्दै सेवाको अवसर प्रदान गर्न आग्रह गरे । उनले मुलुकको राजनितिक व्यवस्थालाई परिवर्तन नगरि मुलुकमा भ्रष्टाचार र अनियमितताको अन्त्य नहुने दाबी गरे । उनले मुलुकमा आमुल परिवर्तन ल्याउन तथा मुलुकलाई विकासको बाटोमा डोर्याउन देशद्रोही र भ्रष्टाचारीको पर्दाफास गर्नुपर्ने बताए । त्यसका लागि आउँदो निर्वाचनमा मितव्ययी र संवेदनशील भएर मतदानको आवश्यकता रहेको जिकिर गरे । उनले भने, ‘देशको अवस्था कस्तो भनेर मैले मञ्चबाट बताईरहनुपर्दैन । तपाईहरु स्वयंम मनन् गर्नुहोस । आउँदो निर्वाचनमा कसलाई भोट दिनुपर्छ भन्ने बिषय तपाईहरुलाई स्वयंम चयन गर्नुहोस ।’

कार्यक्रममा भने पूर्व एसएसपी रेवत बहादुुर कार्की र नेपाली कांग्रेसका नेता दिलीप धारेवाल सहित नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी लगायतका पार्टीबाट १५ सय बढीले पार्टी प्रवेश गरेका थिए । राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र प्रसाद लिङ्गदेन, पार्टी प्रवक्ता ज्ञानेन्द्र साही र नेतृ रेखा थापा लगायतले उनीहरुलाई फुलमाला सहित पार्टीमा स्वागत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्