विराटनगर वाड नम्बर ८ मा भट्टराईको चर्चा

<span class='c1'>विराटनगर वाड नम्बर ८</span> <span class='c2'>मा भट्टराईको चर्चा</span>

विराटनगर । स्थानीय तहको निर्वाचन मिति नजिकिदै जाँदा विराटनगरका विभिन्न वडामा विशिष्ट पहिचान बनाएका व्यक्तिहरुको नाम उम्मेदवारको रुपमा चर्चा शुरुभएको छ ।

विराटनगरको वडा नम्बर ८ को वडा अध्यक्षमा नेकपा एमालेका तर्फबाट युवा नेता मनिष भट्टराईको नाम आजभोली चर्चामा रहेको छ । राष्ट्रिय युवा संघ मोरङका जिल्ला सदस्य तथा विराटनगर वडा नम्बर ८ का एमालेका उपाध्यक्ष समेत रहेका भट्टराई स्थानीयहरुमाझ लोकप्रिय मानिन्छन्। समाजमा आइपर्ने जस्तासुकै समस्यासँग जुद्न सदैव तत्पर रहने भट्टराईको ईच्छा वडा अध्यक्षमा रहेको छ ।

सामाजिक कार्यमा युवाहरूलाई सक्रिय साथ दिदै आएका भट्टराई एक कुशल व्यवस्थापक तथा शिक्षासेवी हुन्। मटेरियल साइन्समा अमेरिकाबाट इन्जिनियरिङ गरेका भट्टराईसँग शहरलाई सुन्दर र व्यवस्थित बनाउने सपना छ । युवा तथा महिलाहरूको सशक्तिकरण बाट आधुनिक शहर निर्माण गर्न सकिन्छ भन्ने दृढ सङ्कल्प बोकेका भट्टराई आफ्नो वडामा दिन रात नभनी खटेर हराभरा बनाउन चाहन्छन्। पार्टीले योग्य ठानेर टिकट दिएमा इमान र निस्ठाका साथ वडा अध्यक्षको लागि कुनै कसुर बाँकी नराख्ने भट्टराईको दावी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्