विराटनगर । लायन्स क्लव अफ विराटनगर पाथीभराले सिटी सफारी चालकहरुको लागी एक हप्ते निशुल्क आँखा जाँच शिविर मंगलबार सुरु गरेको छ ।
पाथीभराले हस्पिटल चौकमा रहेको भाष्कर आई केयरसँग समन्वय गरी सिटी सफारी चालकहरुको निशुल्क आँखा जाँच सुरु गरेको क्लवकी अध्यक्ष दिपिका ढुङगनाले जानकारी दिईन् ।

सिटी सफारी चालकहरु बढी धुलो र घाममा हिडिराख्नु पर्ने भएकाले आँखामा बढी समस्या देखिने हुनाले उनीहरुको आँखा जाँच गरिएको अध्यक्ष ढुङगनाले बताईन् । साथै आँखाको अप्रेशन गर्नुपर्यो भने २५ प्रतिशत छुटको व्यावस्था समेत राहेको अस्पतालले जनाएको छ । निशुल्क आँखा जाँच शिविर आउदो सोमबार सम्म रहने जनाईएको छ ।
