मोरङमा कांग्रेस बाहेकका गठबन्धन दलबिच चुनावी तालमेलका लागि छलफल सुरु

<span class='c1'>मोरङमा कांग्रेस बाहेकका गठबन्धन दलबिच</span> <span class='c2'>चुनावी तालमेलका लागि छलफल सुरु</span>

विराटनगर । प्रदेश नं. १ को राजधानी रहेको जिल्ला मोरङमा कांग्रेस बाहेकका गठबन्धन दलले चुनावी तालमेलका लागि छलफल सुरु गरेका छन् ।

मोरङमा कांग्रेसले एक्लो उम्मेदवार खडा गर्ने सङ्केत गरेपछि गठबन्धनका अन्य ३ दलले चुनावी तालमेलका लागि औपचारिक छलफल सुरु गरेका हुन् । मोरङमा कांग्रेसले चुनावी तालमेलका निम्त्ति असहमतिको सङ्केत गरेपछि गठबन्धनका बाँकी दलले छुट्टै छलफलको प्रक्रिया अघि बढाएको नेकपा माओवादी केन्द्र प्रदेश नं. १ का सचिव गणेश उप्रेतीले बताए । केन्द्रको रणनीति र निर्णयलाई त्यागेर कांग्रेस अघि बढेको भएपनि माओवादीले भने त्यसो नगर्ने उनले जानकारी दिए । उनले भने, ‘मोरङको हकमा कांगे्रसले केन्द्रको निर्णय मान्ने जस्तो देखिदैन् । कोईराला पक्षले देउवा पक्षको निर्णय नमान्ने जानकारी छ । तर, हामी त्यसो गर्दैनौं । केन्द्रको निर्णयानुसार नै अघि बढ्छौं ।’

शुक्रबार विराटनगरमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका प्रदेशस्तरीय नेताको उपस्थितिमा भएको छलफलले चुनावी तालमेल गरेर जाने सहमति गरेको छ । तर, यसरी नै अघि बढ्ने बिषयमा स्पष्ट निर्णय नै भने चैं भईसकेको छैन् । माओवादी केन्द्र नेपाली कांग्रेस बाहेकका अन्य जुनसुकै दलसँग तालमेल गरेर जान तयार छ । कांग्रेसले पनि तालमेल गर्न चाहे मार्ग प्रशस्त रहेको गठबन्धनका अन्य दलहरुको धारणा छ । शुक्रबारको छलफलमा बोल्दै नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य महेश रेग्मीले केन्द्रको निर्णय अस्वीकार गर्दै अघि बढ्दा यसले अविश्वासको वातावरण सिर्जना गर्ने बताए । उनले केन्द्रको निर्णयलाई अस्वीकार गर्नु गठबन्धनलाई धोका दिनु सरह भएको तर्क गरे । उनले भने, ‘कांग्रेसले किन चुनावी तालमेलबाट हिच्किचाईरहेको छ थाहा भएन् । तर, हामी तालमेल गरेरै जान्छौं । अन्तिम निर्णय शनिबार हुन्छ ।’

जसपाका नेता तथा विराटनगर महानगरपालिकामा मेयर पदका दाबेदार समेत रहेका उमेश यादवले कांग्रेस बिना फरक रणनीतिका साथ अघि बढ्ने गृहकार्य भईरहेको बताए । उनले कांग्रेसले चुनावी तालमेलमा रुचि नदेखाउनु कांग्रेसकै लागि घाटाको बिषय भएको औंल्याए । उनले भने, ‘भोलिका दिनमा एक्लै चुनाव लड्नुपर्ने अवस्था आएपनि जसपा पछि हट््दैन् ।’

नेपाली कांग्रेस मोरङका सचिव मोदराज घिमिरेले कांग्रेस आवश्यकता अनुसार चुनावी तालमेल गर्ने पक्षमा रहेको बताए । उनले कांग्रेसको बलियो पकड भएका स्थानीय तह अन्य दलका उम्मेदवारलाई दिने बिषयमा मान्य नहुने प्रष्ट पारे । उनले भने, ‘मोरङको चुनावी तालमेल लगायत विषयमा पार्टीको स्पष्ट धारणाका निम्त्ति जिल्ला कार्यसमितिको बैठक जारी छ ।’

कांग्रेसले भने मोरङको हकमा लेटाङ, सुन्दरहरैंचा र पथरीमा गठबन्धन गर्ने तथा विराटनगर र सुनबर्षीमा गठबन्धन नगर्ने तयारी गरेको बुझिएको छ । यसअघि २०७४ सालको स्थानीय निर्वाचनमा कांग्रेसले मोरङका १७ मध्ये ९ स्थानीय तहमा विजय हाँसिल गरेको थियो । जसअन्तर्गत बुढीगङ्गामा विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम विजयी भएको थियो । पछि त्यो पार्टी पनि कांग्रेसमा समाहित भएपछि हाल मोरङको १० स्थानीय तहमा कांग्रेसको बहुमत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्