विराटनगर–११ मा पाँचवर्षमा भएका विकास योजना सार्वजानिक

<span class='c1'>विराटनगर–११ मा पाँचवर्षमा भएका</span> <span class='c2'>विकास योजना सार्वजानिक</span>

विराटनटर । विराटनगर–११ मा पाँचवर्षको अवधीमा भएका विकासका कामहरु शुक्रबार सार्वजानिक गरिएको छ । वडा अध्यक्ष तिर्थेन्द्र न्यौपानेसहित निर्वाचित वडा प्रतिनिधिले पत्रकार सम्मेलनको आयोजना गरेर आफ्नो कार्यकालको उपलब्धी सार्वजानिक गरेका हुन् ।
वडा अध्यक्ष न्यौपानेले वडाको भवन निर्माणदेखि सडक, विद्यालय स्तरोन्नती, नाला निर्माण, किराँत यायोख्खा चुलो निर्माण, बसपार्क निर्माणसम्ममा भूमिका निर्वाह गरेको दावी गरेका छन् ।

एडिबीको सहयोगमा नपरेको केसलिया रोडसहित केही सडकलाई त्यसमा समावेश गरेर निर्माण गरिएको, बसपार्कमा शौचालय निर्माण र पश्चिम–दक्षिणका सडक निर्माण, जनपथ स्वागत मार्ग निर्माण, वडाको पश्चिमी क्षेत्रको ४ किमी सडक स्तरोन्नती गरि ग्राभेल गरिएको, साना तथा छोटा २५ सडकलाई नालासहित ढलान, दशवटा सडकलाई इटाको बकेटसहित निर्माण, १८ वटा कल्भर्ट निर्माण, पोजेक्ट बाहेक ३ किलोमिटर सडक पिच गरिएको उल्लेख छ ।

यसैगरी जनपथ मा.वि.का भौतिक संरचना, अरुणोदय आधारभूत विद्यालयको संरचना निर्माण जस्ता काम गरेको उल्लेख छ । यसैगरी नहरको अतिक्रमण हटाएर पुल तथा सडक र नाला निर्माणको काम गरेको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्