विराटनगरमा सम्पन्न प्रथम टी–२० मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि राजविराजलाई

विराटनगरमा सम्पन्न प्रथम टी–२० मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि राजविराजलाई

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजना तथा होराइजन क्रिकेट क्लबको संयोजनमा विराटनगरमा सम्पन्न प्रथम टी–२० मेयर कप क्रिकेट प्रतियोगिता राजविराजले जितेको छ ।

मधेश प्रदेशको जनकपुरलाई पराजित गर्दै राजविराजले विजेताको उपाधि हात पारेको हो । प्रतियोगिता जितेको राजविराजले नगद रु. १ लाख १ हजार तथा ट्रफी र उप–विजेताले नगद रु. ५१ हजार र ट्रफी प्राप्त गरेको छ । विराटनगर–१९ स्थित बैजनाथपुर खेल मैदानमा आज (शनिबार) भएको फाईनल खेलमा राजविराजले जनकपुरलाई १० रनले पराजित गरेको होे ।

टस जितेर ब्याटिङ गरेको राजविराजले निर्धारित २० ओभरमा ८ विकेट गुमाई ९७ रनको सामान्य स्कोर खडा गरेको थियो । राजविराजका लागि नेपालको अन्तराष्ट्रिय ब्याटर विवेक यादवले २१ बनाउँदा पूर्व अन्तर्राष्ट्रिय ब्याटर महबुब आलमले १४ रन, अभिषेक कार्कीले १३ रन र अमित यादवले ११ रन बनाए । जनकपुरका सुमन रायले ४ ओभरमा १ रन दिएर ३ विकेट लिँदा सुजित मण्डल र रुपेश यादवले २–२ विकेट तथा विशाल सुस्लिङले १ विकेट लिए ।

९८ रनको सामान्य रनको लक्ष पाएको जनकपुरले पुरै २० ओभर खेल्दै ८७ रनमा सिमित भयो । जनकपुरका लागि विशाल सुस्लिङले ३३ रन जोड्दा विक्रान्त यादवले अविजित १९ रन तथा अकबर अली र रन्जित यादवले ११–११ रनको योगदान दिए । राजविराजका विकास दासले ३ विकेट लिँदा नेपाली राष्ट्रिय टोलीका खेलाडी विवेक यादवले २ विकेट र विश्व किर्तीमानधारी बलर महबुव आलम १ विकेट लिए । फाइनल खेलको म्यान अफ द फाइनल राजविराजका अलराण्डर खेलाडी विवेक यादव घोषित भए । त्यस्तै म्यान अफ द सिरिज जनकपुरका हरिशंकर साह घोषित भए । उनले नगद ११ हजार पुरस्कार पाए । उत्कृष्ट ब्याटर राजविराजका विकाश दास र उत्कृष्ट बलर राजविराकै अनिल यादव घाषित भए । उनीहरु दुवै जनाले नगद ५–५ हजार पुरस्कार हात पारे ।

विजयी तथा अन्य खेलाडीलाई विरानगरमहानगर पालिकाका प्रमुख भीम पराजुली, राखेपका पूर्व सदस्य सचिव सुधिर अर्याल, होराइजन क्रिकेट क्लवका अध्यक्ष सुनिल पौडेल, नेपालका पूर्व अन्तराष्टिय खेलाडी पारस लुनिया, पूर्वाञ्चलका पूर्व प्रशिक्षक राजकुमार दास र मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष नविन घिमिरे लगायतले पुरस्कार तथा ट्रफी वितरण गरे ।

प्रतियोगितामा प्रदेश १ को आयोजक विराटनगर महानगरपालिका, इनरुवा नगरपालिका र मेची नगरपालिका तथा मदेश प्रदेशको विरगञ्ज महानगरपालिका, जनकपुरधाम उपनगरपालिका र राजविराज नगरपालिका सहभागि भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्