नेपाल मेहत्तर (राउत) दलित उत्थान संघको केन्द्रिय कार्यलय विराटनगरमा

नेपाल मेहत्तर (राउत) दलित उत्थान संघको केन्द्रिय कार्यलय विराटनगरमा

विराटनगर । मुलुकभर छरिएर बसोबास गर्दै आएका ९० लाख मेहत्तर (राउत) दलित समुदायका मानिसहरु एक जुट भएर अगाडी बढ्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । नेपाल मेहत्तर ( राउत ) उत्थान संघको केन्द्रिय कार्यालय मोरङको सम्र्पक कार्यालयको शनिबार उद्घाटन कार्यक्रममा सहभागी वक्ताहरुले सो कुरा बताएका हुन् ।


मेहत्तर समुदायका मानिसहरुले जोखिम मोलेर अरुको घर तथा कार्यालयहरुमा सरसफाई गर्ने पर्ने हुन्छ तर उनीहरुको भने जस्तो परिश्रमिक नहुदाँ समस्या हुने गरेको बताए ।
विराटनगर १२ शुक्रबारेमा रहेको नेपाल मेहत्तर (राउत )दलित उत्थान संघ केन्द्रिय कार्यालयको शनिबार उद्घाटन प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले गरेका थिए । कार्यलयको उद्घाटन गर्दै यादवले दलित समुदायका लागी हरेक क्षेत्रमा दलित अधिकारको निम्ति बजेट तर्जुमा गरिएका हुन्छन् । त्यसलाई सहि तरिकाले सदुपयोग गर्नुपर्ने उहाँले औल्याउनुभयो । मुलुक भर छरिएर रहेका मेहत्तर राउत समुदायहरु एक अर्कामा बाझिएर हैन एक जुट भई अगाडी बढ्न्पर्नेमा जोड दिनुभयो ।


यसैविच कार्याक्रममा नेपाल मेहत्तर राउत दलित उत्थान संघका केन्द्रिय अध्यक्ष मनोज राउतले हाम्रो समुदायका मानिसहरु अशिक्षित भए कै कारण पनि पछाडी परेको बताउनुभयो । उहाँले अब आउने हाम्रो पिडीलाई काममा भन्दा पनि बढी पढाईलाई पहिलो प्राथमिकतामा राखेर अगाडी बढाउनुपर्ने बताउनुभयो । अशिक्षित हुनुको पछाडी हाम्रो पनि ठुलो हात छ त्यसैले अब आउने हाम्रा पिडिहरुलाई सहि शिक्षाको बाटोमा दोह्याएर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सहभागीहरुले कुचिकारहरुको परिश्रमिकमा पनि राज्यले उचित व्यावस्थापन गर्नुे पर्ने बताएका थिए ।


कार्यक्रममा विराटनगर वडा नम्बर १२ का वडा अध्यक्ष हिरालाल कामत, जनता समाजपाटीका नेता उमेश यादव , नेपाल मेहत्तर (राउत) दलित उत्थान संघ केन्द्रिय कार्यालय विराटनगरका अध्यक्ष दिपक राउत, नेकपा एमाले विराटनगर वडा नम्बर १२ का ईन्चार्ज पदम खनाल लगायतको सहभागीता रहेको थियो । यसैविच कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याउनेहरुलाई सम्मान गरिएको थियो । हाल नेपालमा ९० लाख मेहत्तर राउत दलित समुदायका मानिसहरु बसोबास गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्