विराटनगरमा एमालेबाट प्रमुखमा पाँचजना र उपप्रमुखमा तीनजनाको नाम सिफारिस

विराटनगरमा एमालेबाट प्रमुखमा पाँचजना र उपप्रमुखमा तीनजनाको नाम सिफारिस

विराटनगर । नेकपा एमाले विराटनगर महानगरपालिकाको प्रमुखमा पाँच र उपप्रमुखमा तीनजनाको नाम सिफारिस गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा प्रमुख र उमप्रमुखको उमेदवारको रुपमा नाम सिफारिस गरिएको हो ।

पार्टी कार्यालय पान्चालीमा शनिबार बसेको महानगर कमिटिको बैठकले प्रमुख र उपप्रमुखका उमेदवारको नाम सिफारिस गरेको थियो ।
विराटनगर महानगरपालिकाको प्रमुखमा एमालले नगर अध्यक्ष सागर थापा, केन्द्रीय सदस्य रामलाल साह, जिल्ला उपाध्यक्ष बावुराम कार्की, प्रदेश सदस्य पशुराम बस्नेत र महेश भट्टराईको नाम सिफारिस गरेको छ ।

उपप्रमुखमा शिल्पा निराला कार्की, बिमला घिमिरे दाहाल, अन्जु उपाध्यय (शिला) को नाम सिफारिस गरेको एमाले विराटनगर महानगरपालिको अध्यक्ष सागर थापाले जानकारी दिनुभयो । कार्की महानगरपालिकाकी उपाध्यक्ष, दाहाल प्रदेश सदस्य र उपाध्यय जिल्ला सदस्य रहेकी छिन् ।

विराटनगर महानगरपालिको प्रमुखममा उम्मेदवार हुनसक्ने संभावित दुई नेता लालबावु पण्डित र जिवन घिमिरेले आफैं महानगरमा नउठ्ने बताएका थिए । दुईजना ह्याभ्बी वेट बाहिरीएसँगै अब नगर अध्यक्ष थापा मेयरका प्रमुख दावेदार मानिएका छन् । महानगरमा पार्टीको संरचनालाई बलियो बनाएका थापा राजनीतिक रुपमा इमान्दार युवामा पर्दछन् ।
महानगरपालिकाले तीन वटा वडाको वडाअध्यक्षसमित सदस्यहरूको नाम टुंगो लगाएको छ । विराटनगर १०, ११ र १९ नम्बर वडाको उम्मेदवारी सर्वसम्मतले टुग्याएको हो । विराटनगर १० को वडाअध्यक्षमा अर्जुन गिरी, ११ मा तिर्थेन्द्र न्यौपाने र १९ मा श्याम घिमिरेलाई पार्टीले वडाअध्यक्षको उम्मेदवारी बनाउने सर्वसम्मतले टुंगो लगाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्