विराटनगरको सेन्ट्रल मल शनिबार संगितमय बन्यो ( फोटो फिचर)

<span class='c1'>विराटनगरको सेन्ट्रल मल शनिबार संगितमय</span> <span class='c2'>बन्यो ( फोटो फिचर)</span>

विराटनगर । विराटनगरको मेन रोडमा रहेको सेन्ट्रल मलको चहलपहल अन्य दिन भन्दा आज शनिबार भिन्न थियो । मानिसहरुको आउजाउ बाक्लो थियो ।

प्रदेश नम्बर एक कै सबैभन्दा ठूलो व्यापारीक मलको भुई तलामा शुक्रबारदेखी नै साजसज्जावट भईसकेको थियो । यसको एउटै कारण थियो नयाँ बर्षलाई लक्षित गर्दै आयोजना गरिएको ‘सेन्ट्रल भिक्ट्री न्यू ईयर २०७९’ कन्सर्ट कार्यक्रम ।


भिक्ट्री स्पाईसेज मसलाले आयोजना गरेको सांगितिक कार्यक्रममा नेपाल र भारतका कलाकारहरुको बेजोड प्रस्तुतिले त्यहाँको रौनक नै फरक बनाएको थियो । आँउदै गरेको नेपालीहरुको नयाँ बर्षलाई भव्य र सफल बनाउनको लागी सेन्ट्रल मलमा सांगितीक कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा ‘डान्स च्याम्पियन २०७८’ को विजेता टिम ‘सुबर शिखा ग्रुप ’को सामुहिक नृत्य ,बाल गायक प्रितम आचर्य, सिक्मिका विट बक्सर सोनाम लेनो लेप्चा , डान्सर तथा आर्टिस नविना रोक्का, भाईरल हुड डान्स स्टुडियोको सामुहिक डान्स र आयात युटुव च्यानलको समेत प्रस्तुती रहेको थियो ।


उनीहरुको प्रस्तुती हेर्नको लागी सेन्ट्रल मलको दुवै तलाको रेलिङ भरीभराउ थियो । बाल गायक प्रितम आर्चायले प्रस्तुती दिरहदाँ उनका फ्यानहरु मज्जाले नाच्दै मनोरन्जन लिईरहेका थिए । त्यस्तै सिक्कीमका विट बक्सर सोनाम लेनो लेप्चाको प्रस्तुतीमा पनि अधिकास विराटनगरबासी हुटिङ र तालिमा साथ दिईरहेका थिए । लेप्चाले दिएको विट बक्सरमा भाईरल हुड डान्स स्टुडियोका कलाकारहरुले डान्स प्रस्तुति दिएका थिए ।


कोरोना कहरका कारण झन्डै दुई बर्ष सम्म स्थगित भएका सांगितीक कार्यक्रमहरु जनजिवन सामान्य बन्दै गएपछि सांगितीक कार्यक्रम गरिएको भिक्ट्री स्पाईसेज मसला उद्योगका संचालक तथा कार्यक्रम संयोजक नर्सिङ वशंल अग्रवालले जानकारी दिए । कार्यक्रममा ‘सेन्ट्रल भिक्ट्री न्यु ईयर २०७९ ’ कन्सर्ट कार्यक्रमको अनलाईन मिडिया पार्टनर आवर विराटनगर रहेकोे थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्