अर्थतन्त्रका सुचकहरु संकट उन्मुख : सरकार र नीजि क्षेत्रबिच समन्वयको अभाव

अर्थतन्त्रका सुचकहरु संकट उन्मुख : सरकार र नीजि क्षेत्रबिच समन्वयको अभाव

विराटनगर । निजी क्षेत्रसँग सरकारको समन्वयकारी भुमिकाको अभावमा मुलुकको अर्थतन्त्र समग्र अर्थतन्त्र जटिलता तर्फ उन्मुख भईरहेको भन्दै उद्योग संगठन मोरङले चिन्ता व्यक्त गरेको छ ।

आईतबार एक विज्ञप्ति जारी गर्दै उद्योग संगठनले मुलुकको समग्र अर्थतन्त्रका सुचकहरु संकटको दिशामा उन्मुख भईरहेको भन्दै चिन्ता व्यक्त गरेको हो । वित्तीय क्षेत्रमा तरलताको चरम अभाव, बढ्दो ब्याजदर तथा युक्रेन र रुस बिचको द्वन्द्वका कारण अन्तराष्ट्रिय बजारमा भएको चर्को मुल्यवृद्धि जस्ता परिस्थितिमा नेपाल सरकार, अर्थ मन्त्रालय एवं नेपाल राष्ट्र बैंक जस्ता नियमनकारी निकायहरुले नीजि क्षेत्रसँग समन्वय गर्न नचाहेको उद्योग संगठनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘अर्थतन्त्रका सुचकहरु सङ्कट उन्मुख भईरहँदा निजी क्षेत्र समेतलाई विश्वासमा लिई निकास दिनु पर्नेमा मूख्य संस्थाहरु बिच समन्वय अभाव देखिएको छ । यसले मुलुकको अर्थतन्त्र थप जटिलता तर्फ जाने हो की भन्नेमा उद्योग संगठनले चिन्ता व्यक्त गरेको छ ।’

तरलता व्यवस्थापन, वैदेशिक मुद्राको सञ्चिथी तथा आयात निर्यात सहजीकरणका लागी नियमनकारी निकाय बिच प्रभावकारी समन्वय हुनुपर्नेमा असमाञ्जस्य तथा अविश्वासको वातावरण सृजना हुनुलाई संगठनले दुःखद भनेको छ । अन्तराष्ट्रिय रुपमा अर्थतन्त्रको अवस्था संकटपुर्ण अवस्थामा पुगेको हुँदा समयमै सचेत भई उपयुक्त कदम चाल्न उद्योग संगठनले सरकारसँग आग्रह गरेको छ । लगानीयोग्य रकमको अभाव, बैंकको ब्याज वृद्धि तथा वैदेशिक विनियम सञ्चितीको अभावमा कच्चा पदार्थ लगायतको आयात प्रभावित भई उत्पादनमुलक उद्योगका क्षेत्रमा कठिनाई उत्पन्न भइरहेको अवस्थामा सरकार तथा नियमनकारी निकाय थप गम्भिर हुनुपर्ने संगठनको सुझाव छ ।

सङ्कट उन्मुख अर्थतन्त्रलाई सही ठाँउमा ल्याउन नीजि क्षेत्रका तर्फबाट गर्नुपर्ने सहयोगका लागी उद्योग संगठन तयार रहेको जारी विज्ञप्ति मार्फ्त जनाईएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्