सरकारले कुशल व्यवस्थापकको भुमिकामा नीजि क्षेत्रलाई सहयोग गर्छ : मुख्यमन्त्री राई

सरकारले कुशल व्यवस्थापकको भुमिकामा नीजि क्षेत्रलाई सहयोग गर्छ : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं. १ मुख्यमन्त्री राजेन्द्र राईले सरकारले कुशल व्यवस्थापकको भुमिका निर्वाह गर्दै नीजि क्षेत्रलाई आवश्यक सहयोग गर्ने बताएका छन् ।

मोरङ व्यापार संघद्वारा आयोजित १० दिने व्यापार मेलाको आईतबार समापन समारोहमा बोल्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । उनले ऐन, नियम र शान्ति सुरक्षा सुव्यवस्थापन कायम गरेर सरकारले उद्योगी/व्यावसायीलाई सहयोगको प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘तपाईहरू मुख्य भुमिकामा हुनुहुन्छ । तपाईहरूलाई सहज हुने गरि हामी ऐन, नियम र कानुन बनाएर सहजीकरणको पुर्ण प्रयास गर्छौं ।’

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले राष्ट्रिय पूँजीको विकास र आर्थिक गतिविधिलाई चलायमान बनाउन यस्ता व्यापार मेलाहरु ठुलो सहयोग पुर्‍याउने बताए । उनले स्वदेशी उत्पादनको प्रर्वद्धन र राष्ट्रिय पुँजीलाई बढाउन यस किसिमका एक्स्पोले निरन्तरता पाउनुपर्ने बिषयमा जोड दिए ।

कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले दिगो आर्थिक विकासको लागि औद्योगिक प्रर्दशन स्थल बनाउन आवश्यक रहेको बताए । उनले कुनै पनि बहानामा औद्योगिक प्रर्दशनी स्थलको निमार्ण योजना रोकिनु नहुने धारणा व्यक्त गरे । उनले भने, ‘मुलकुलाई समृद्धिको बाटोमा डो¥याउन ३ तहको सरकारले निजी क्षेत्रसँग समन्वय र सहकार्य गरि अगाडी बढनुपर्छ ।’

विराटनगरमा भने गएको चैत्र १८ गतेदेखि ‘मोरङ व्यापार संघ रमपम टे«ड एक्स्पो–२०२२’ आयोजना गरिएको थियो । विराटनगर–२ स्थित शंकरपुर मार्गमा आयोजित एक्स्पो आईतबार साँझको साङ्गितिक कार्यक्रम पश्चात समापन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्