भायानेटले घर-घरमा डिजिटल शिक्षा पुर्याउने उद्देश्यले मिदास ई-क्लाससँग सहकार्य गर्दै,भायानेटका ग्राहकले मिदास ई-क्लास निःशुल्क चलाउन पाउने

<span class='c1'>भायानेटले घर-घरमा डिजिटल शिक्षा पुर्याउने उद्देश्यले मिदास ई-क्लाससँग</span> <span class='c2'>सहकार्य गर्दै,भायानेटका ग्राहकले मिदास ई-क्लास निःशुल्क चलाउन पाउने</span>

विराटनगर । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेटले विद्यालयका विद्यार्थीहरूको डिजिटल सिकाइ अनुभवलाई गति दिने आशाका साथ नेपालमा ई-लर्निङको सुरुवातकर्ता मिदास एजुकेसनसँग साझेदारी गरेको छ।

यो सहकार्यसँगै भायानेटका सबै ग्राहकहरूले मिदास ई-क्लास १ महिना निःशुल्क चलाउन पाउनेछन् । नर्सरीदेखि कक्षा १० सम्मका लागि सरकारद्वारा प्रमाणित पाठ्यक्रम रहेको मिदास ई-क्लास एन्ड्रोइड मोबाइल र ल्यापटपमा वेबसाइट मार्फत प्रयोग गर्न सकिन्छ । विभिन्न ट्युटोरियल भिडियोहरू, क्विजहरू, र विभिन्न अन्तर-क्रियात्मक कार्यक्रमहरुरहेको यो सेवाले अनलाइन सिकाईलाई अझ सहज र रमाइलो बनाउँछ। मिदास ई-क्लासमा लाइभ ट्युटोरिङको विशेष सुविधा पनि रहेकाले शिक्षकहरूले आफ्ना विद्यार्थीहरूलाई लाइभ सिकाउन र विद्यार्थीहरूसँग अन्तरक्रिया गर्न सक्छन् ।

विद्यालय अध्यनरत विद्यार्थीहरुको लागि फलामे ढोका मानिने एस ई ई नजिकै रहेको अवस्थामा परीक्षाको तयारी गरिरहेका सबै विद्यार्थीहरूलाई यो सहकार्यले विशेष फाइदा पुग्ने आशा गरिएको छ। भायनेटले वैशाख, २०७९ सम्म आफ्नो ग्राहकलाई मिदास ई-क्लास एक महिना निशुल्क चलाउन दिने भएको छ। भायनेटका ग्राहकहरूले आफ्नो भायानेट कस्टमर पोर्टल वा भायानेट मोबाइल एप मार्फत लगइन गरी मिदासइ-क्लास दाबि गर्नुपर्नेछ।

उच्च गतिको इन्टरनेट र आईपीटीभी सेवाका लागि परिचित भायानेटले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट डिजिटल अनुभव प्रदान गर्न नेपाल र बाहिरका प्रख्यात संस्थाहरूसँग साझेदारी गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्