समाजसेवी अन्सारीले व्यहोर्दै आएको दुई दिदिबहिनीको पठनपाठनको जिम्मा अब नेपाल अग्रवाल सभाले लिने

समाजसेवी अन्सारीले व्यहोर्दै आएको दुई दिदिबहिनीको पठनपाठनको जिम्मा अब नेपाल अग्रवाल सभाले लिने

विराटनगर । विराटनगर ९ निवासी पप्पु अन्सारीले यसअघि व्यहोर्दै आएका दुई दिदीबहिनीको शिक्षण खर्चको जिम्मेवारी अब नेपाल अग्रवाल सभा विराटनगरले लिने भएको छ ।

आईतबार अन्सारीले दुई दिदीबहिनीको स्नातक तह सम्मको शिक्षण खर्च व्यहोर्ने घोषणा गरेपछि अग्रवाल सभाले त्यसप्रति ध्यानाकर्षण जनाउँदै उनीहरुको पठनपाठनको सम्पुर्ण जिम्मा स्वयंम लिने भएको हो । विराटनगर निवासी अन्सारीले आईतबार उनीहरुको पढाई खर्च आफै व्यहोर्ने घोषणा गरेका थिए । उक्त बिषयवस्तु विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएपछि नेपाल अग्रवाल सभाले त्यसको खण्डन गर्दै सोमबार आफैले सम्पुर्ण खर्च व्यहोर्ने घोषणा गरेको हो । समाजसेवी एवं व्यावसायी अन्सारीले यसअघि प्लस टु देखि नै उनीहरुको पठनपाठनको सम्पुर्ण खर्च व्यहोर्दै अभिभावकत्व निर्वाह गर्दै आएका थिए ।

दिदीबहिनीको पठनपाठन खर्चको समाचार विभिन्न सञ्चारमाध्यममा आएपछि अग्रवाल सभाले समाजप्रति गलत सन्देश प्रवाह भएको भन्दै आपत्ति समेत जनाएको थियो । तर, आवर विराटनगरसँग कुरा गर्दै अन्सारीले समाजप्रति नकारात्मक सन्देश प्रवाह उद्देश्य नरहेको भन्दै खेद समेत प्रकट गरेका छन् । उनले भने, ‘दिदीबहिनीलाई सहयोग गर्ने उद्देश्य थियो । केही त्रुटि भएछ । क्षमा चाहन्छु ।’

सोमबार आवर विराटनगरको कार्यालयमा द्धिपक्षीय बैठक बस्दै दुवै पक्षले दिदीबहिनीको पठनपाठनको जिम्मेवारी हस्तान्तरण सम्बन्धमा सहमति जनाएका छन् । बैठकमा भने नेपाल अग्रवाल सभा विराटनगरका अध्यक्ष विशाल केडिया, सभाका वरिष्ठ सल्लाहकार शंकरलाल अग्रवाल, समाजसेवी पप्पु अन्सारी र दुई दिदीबहिनीका अभिभावक लगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्