विराटनगरकाे रानी सिमाबाट स्रोत नखुलेको भारतीय रुपैयाँ सहित ४ जना पक्राउ

विराटनगरकाे रानी सिमाबाट स्रोत नखुलेको भारतीय रुपैयाँ सहित ४ जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका-१५ रानी सिमाबाट स्रोत नखुलेको रु.३ लाख ८ हजार ५ सय भारतीय रुपैयाँ सहित ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सुनसरी बर्जु गाउँपालिका-१ बस्ने ३८ वर्षीय सुरज ऋषिदेव, उनकै श्रीमती ३८ वर्षीया शिव कुमारी ऋषिदेव, भारत सहरसा मानगढ ग्राम पंचायत बस्ने २९ वर्षीय विसुनदेव मुखिया र सोही ठाउँ बस्ने २७ वर्षीय अविनाश मुखिया रहेका छन् । सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुको साथबाट उक्त स्रोत नखुलेको भारतीय रुपैँया सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्