बिग होटलको चौथो वार्षिकोत्सव : नयाँ वर्षको पुर्वसन्ध्यामा धमाकेदार साङ्गितिक कार्यक्रम

बिग होटलको चौथो वार्षिकोत्सव : नयाँ वर्षको पुर्वसन्ध्यामा धमाकेदार साङ्गितिक कार्यक्रम

विराटनगर । विराटनगरको रोडशेषस्थित बिग होटलले विभिन्न साङ्गितिक कार्र्यक्रम सहित आफ्नो चौथो वार्षिकोत्सव मनाउने भएको छ ।

नयाँ वर्ष २०७९ सालको पुर्वसन्ध्यामा ‘न्यु इयर इभ’ सँगै बिग होटलले आफ्नो चौथो वार्षिकोत्सव मनाउन लागेको हो । चैत्र ३० गते साँझ ७ बजेदेखि चर्चित नेपाली गायक नविन के भट्टराई र अतृप्त ब्याण्डको साङ्गितिक प्रस्तुती सहित वार्षिकोत्सव र नयाँ वर्ष सँगसँगै मनाउने तयारी रहेको होटल बिगले जनाएको छ । होटलका अनुसार कार्यक्रममा झापाको मेलोडी ब्याण्डको समेत प्रस्तुतीको प्रबन्ध मिलाईएको छ । राती १२ बजे भने केक काटने कार्यक्रम रहेको बताईएको छ ।

नयाँ वर्षको अवसरमा आयोजित न्यु इयर इभको कार्यक्रममा सहभागी हुन टेबल बुकिङ गर्नुपर्ने बिग होटलका व्यवस्थापक सञ्जय साहले बताए । उनले ४ जना बराबर एउटा टेबल बुक गर्न सकिने जानकारी दिए । उनले भने, ‘रिर्जभेसनमा प्रवेश निःशूल्क गरिएको छ ।’

कार्यक्रमका करिब ३०० जना अतिथीहरुको सहभागिता रहने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्