‘रमपम ट्रेड एक्स्पो–२०२२’ : हिमगिरी हाइजिनलाई ‘बेस्ट स्टल अर्वाड’

‘रमपम ट्रेड एक्स्पो–२०२२’ : हिमगिरी हाइजिनलाई ‘बेस्ट स्टल अर्वाड’

विराटनगर । मोरङ व्यापार संघद्वारा विराटनगरमा आयोजित १० दिने ‘रमपम ट्रेड एक्स्पो–२०२२’ मा उत्कृष्ट स्टलको पुरस्कार हिमगिरी हाईजिनले पाएको छ ।

चैत्र २७ गते व्यापार मेलाको समापन समारोहमा हिमगिरी हाइजिनले ‘बेस्ट स्टल’ को अवार्ड पाएको हो । चैत्र १८ गतेदेखि सुरु भएको व्यापार मेला अवधिमा स्वदेशी उत्पादन प्रर्वद्धनमा पु¥याएको योगदान र स्टलको सुन्दरता तथा बनावटको कदर गर्दै हिमगिरीले बेस्ट स्टलको पुरस्कार पाएको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बताए । उनले हिमगिरीलाई प्रमाणपत्र सहित पुरस्कृत गरिएको जानकारी दिए ।

१० दिने मेला अवधिमा हिमगिरीले करिब १५ लाख बराबरको कारोबार गरेको हिमगिरी हाईजिनका सञ्चालक प्रकाश मुण्डदाले बताए । उनले व्यापार मेला अवधिमा साबुनको बिक्री वितरण सर्वाधिक भएको जानकारी दिए ।

विगतका वर्षहरुभन्दा फरक किसिमले आयोजना गरिएको यसपटकको व्यापार मेलामा भने एसी र नन–एसी सहितका गरि कुल २७० स्टलहरु थिए । व्यापार मेला करिब ३ लाख उपभोक्ताहरुले अवलोकन गरेको व्यापार संघले जनाएको छ । संघका अनुसार मेलामा ४० करोड बराबरको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्