निर्वाचनको रकेट छुटिसक्यो, रोक्न खोजे दुर्घटना हुन्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

निर्वाचनको रकेट छुटिसक्यो, रोक्न खोजे दुर्घटना हुन्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

विराटनगर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको रकेट प्रक्षेपण भइसकेको भन्दै त्यसलाई गन्तव्यमा पु¥याउनुपर्ने बताएका छन् ।

आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले विराटनगरमा मंगलबार आयोजना गरेको मिडिया अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले निर्वाचनको रकेट प्रक्षेपण भइसकेकाले रोक्न वा त्यसको दिशा परिवर्तन गर्न नसकिने तर्क गरे । उनले भने, ‘गाडी छुटेको हैन । गाडी छुटेको भए ब्रेक लगाउन पनि सकिन्थ्यो । एकछिन रोक्न पनि मिल्छ । अहिले छुटेको भनेको निर्वाचनको रकेट हो । दिशा परिवर्तन र रोक्न सम्भव छैन ।’

निर्वाचन आयोग चुनाव रोकेर मुलुकलाई दुर्घटनातर्फ लैजाने वा दुर्घटना निम्त्याउने पक्षमा नरहेको थपलियाले बताए । निर्वाचन हुने बिषयमा कुनैपनि शंक उपशंका गर्र्ने ठाउँ नरहेको उनले प्रष्ट पारे । अहिलेसम्म ३५ जिल्लाको मतपत्र छाप्ने र निर्वाचन अधिकृतहरु समेत चयन गर्ने कार्य सम्पन्न भईसकेको उनले जानकारी दिए । उनले भने, ‘अब मतदाता अभिमुखीकरण सुरु हुने अवस्थामा छ । यस्तो अवस्थामा निर्वाचन रोक्न सम्भव छैन । जसरी पनि निर्वाचन हुन्छ ।’

मुलुकलाई दुर्घटनाबाट जोगाउन र लोकतन्त्रलाई संरक्षणका निम्त्ति मुलुक निर्वाचनमा जानैपर्ने अवस्था रहेको थपलियाले बताए । निर्वाचनलाई सफल बनाउन सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बिषयमा उनले जोड दिए । मतदाता शिक्षा र जागरणमा सहयोग गर्न सञ्चारमाध्यमलाई आग्रह गर्दै उनले समाचार प्रकाशन गर्दा निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने बिषयमा ध्यानाकर्षण गरे ।

तथ्यमा आधारित सही सूचना सम्प्रेषण गरेर खबरदारी र निगरानीलाई जारी राख्नुपर्ने उनको भनाई थियो । थपलियाले निर्वाचन आचारसंहिता पालनको सन्दर्भमा संचारमाध्यमदेखि राजनीतिक दलसम्म उत्तिकै जिम्मेवार बन्नुपर्ने बताए । निर्वाचनलाई सहज ढंगले सम्पन्न गर्न सबै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्ने उनको तर्क थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्