आरके सिटी सेन्टरमा रहेको स्विमिङ पुल र जिम क्लबको कम्बो अफर : नयाँ वर्षमा बिशेष छुट

आरके सिटी सेन्टरमा रहेको स्विमिङ पुल र जिम क्लबको कम्बो अफर : नयाँ वर्षमा बिशेष छुट

विराटनगर । विराटनगरस्थित आरके सिटी सेन्टरमा रहेको इन्फिनिटी स्वीमिङ पुल र सार्क जिमले आफ्नो न्यु इयर अफर सार्वजनिक गरेको छ ।

आउँदै गरेको नयाँ वर्षको अवसर पारेर स्विमिङ पुल र जिम क्लबले बिशेष छुट सहितको अफर सार्वजनिक गरेको हो । अफर अन्तर्गत स्विमिङ पुल तथा जिम क्लबको संयुक्त सदस्यता लिने पहिलो ५० जना ग्राहकले १ महिनासम्म सदस्यता शुल्कमा १ हजार ५ सय रुपैयाँको बिशेष छुट प्राप्त गर्नेछन् । आरके सिटी सेन्टरको चौथो तल्लामा अवस्थित रहेको जिम क्लबले हाल सदस्यता शुल्क मासिक रु. २ हजार ५ सय र स्विमिङ पुलले मासिक ३ हजार ५ सय लिँदै आएको छ । तर, न्यु इयर अफरमा सहभागी भएर कम्बो सेवा लिएपछि १५ सय छुटको पाईने व्यवस्था गरिएको आरके सिटी सेन्टरका व्यवस्थापन प्रमुख सन्जीव गजमेरले बताए ।

उनले ५० जना नपुगुन्जेलसम्म आफर जारी रहने जानकारी दिए । अफरमा सहभागी ग्राहकले जुनसुकै बेला आएर यसको सेवा प्राप्त गर्न सक्ने उनको भनाई छ । ‘आरके सिटी सेन्टरको ७ औं तल्लाको स्काई लान्जमा रहेको स्विमिङ पुल बिहान ५ बजेदेखि रातीको ९ बजेसम्म खुल्ला हुन्छ । ग्राहक महानुभावहरुले यस अवधिमा जतिबेला पनि आएर अफर अनुसार स्विमिङ गर्न सक्नुहुनेछ,’ उनले भने, ‘जिम भने बिहानको समयमा ५ देखि ९ र बेलुकीको समयमा ५ देखि ८ खुल्ला रहन्छ ।’

इन्फिनिटी र सार्कको उक्त अफरमा सदस्यता लिई सहभागी हुन ९८४५७२६०५४ मा सम्पर्क गर्न सकिने जनाईएको छ । उल्लेखित नम्बरमा सम्पर्क गरेर आफ्नो पुर्र्ण विवरण टिपाएपछि फारम भरेपश्चात अफरमा सहभागी भईने बताईएको छ । यसका साथै नयाँ वर्षको पुर्व सन्ध्यामा आरके सिटी सेन्टरले साँझ ६ बजेदेखि सांगितिक कार्यक्रमको व्यवस्था समेत गरेको छ । कार्यक्रममा गायक त्रिलोक बाँस्तोला उनको ब्याण्डको उपस्थिति रहने जानकारी दिईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्