लेटाङ घटना प्रकरण : प्रहरी जवान श्रेष्ठको गोली लागेर मृत्यु भएको खुलासा

लेटाङ घटना प्रकरण : प्रहरी जवान श्रेष्ठको गोली लागेर मृत्यु भएको खुलासा

विराटनगर । मोरङको लेटाङ घटना प्रकरणमा ज्यान गुमाएकी प्रहरी जवान उर्मिला श्रेष्ठको गोली लागेर मृत्यु भएको खुलेको छ ।

विराटनगरस्थित कोशी अस्पतालले दिएको पोस्टमार्टम रिपोर्ट अनुसार उनको गोली लागेर मृत्यु भएको खुलेको हो । रिपोर्टमा ‘सक प्रिजेन्ट बाई फायरआर्म इन्जुरी’ भनी उल्लेख गरिएको छ । प्रहरीले अनुसन्धानपछि सरकारी वकिलको कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा श्रेष्ठको शरीरबाट गोली निकालिएको उल्लेख गरिएको छ ।

प्रतिवेदन अनुसार मृतक महिला प्रहरीको घाँटीबाट छिरेको गोली पेटसम्म पुगेको पुष्टि भएको छ । उनको पेटबाट निकालिएको गोली भने आधुनिक हतियारमै प्रयोग हुने गोली रहेको बताईएको छ । हिंसात्मक झडप हुँदा प्रहरीको ३ वटा हतियारबाट हवाई फायर भएको थियो । तर, नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा महिला प्रहरीलाई लागेको गोलीको परीक्षण गर्दा प्रहरीको हतियारबाट निस्किएको गोलीसँग म्याच हुन नसकेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

प्रहरीको हतियारसँग महिला प्रहरीले हानेको गोलीको म्याच हुन नसकेकोले गोली प्रदर्शनकारीबाटै चलेको पुष्टि भएको छ । ‘घटना घटेको दिन प्रहरीको तीन वटा हतियारबाट फायर भएको खुलेको थियो’ जिल्ला सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्यायाधीवक्ता रामहरी शर्मा काफ्ले भने, ‘तर, महिला प्रहरीको शरिरमा भएको गोली प्रहरीको हतियारबाट चलेको पुष्टि भएन ।’

महिला प्रहरीलाई गोली लागेर हत्या भएको गोली भेटिएपनि प्रहरीले हतियार भने फेला पारेको छैन । प्रहरीले घटनामा ६३ जनलाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूलाई प्रहरीले अनुसन्धान पूरा गरि प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । पक्राउ परेका १६ जना बालबालिका समेत रहेकाले जिल्ला सरकारी वकिलको कार्यालयले छुट्टाछुट्टै ३ वटा मुद्दा दायर गर्दैछ ।

पक्राउ परेकामध्ये १५ जना बालकलाई अभद्र व्यवहार, उमेर पुगेका सवालक १४ जनालाई कर्तव्य ज्यान र बाँकी ३२ जनालाई अभद्र व्यवहारको मुद्दा चलाउने तयारी छ । सवालक कति जनालाई प्रतिवादी बनाएर कर्तव्य ज्यान मुद्दामा अभियोग लैजाने भन्ने बारेमा जिल्ला सरकारी वकिलको कार्यालयले निर्णय गरिसकेको छैन ।धबार विहान सवालकको हकमा निर्णय गर्नेछौं र सोही दिन अभियोग अदालत लैजाने तयारी गरेका छौं,’ जिल्ला न्यायाधीवक्ता काफ्लेले भने । पक्राउ परेकामध्ये एक बालकलाई अदालतले अभिभावकको जिम्मामा लगाउने आदेश मंगलबार गरेको छ ।

सवालकको हकमा बुधबार बिहान निर्णय गरिने र सोही दिन अभियोग अदालत लैजाने तयारी रहेको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्