नेपाली कांग्रेस वडा नम्बर ४ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

नेपाली कांग्रेस वडा नम्बर ४ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

विराटनगर। नेपाली कांग्रेस वडा नम्बर ४ ले नव बर्ष २०७९ को सुखद उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाली कांग्रेस वडा नम्बर ४ का सभापति राजकुमार तबदारको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश नम्बर एक क्षेत्र नम्बर छ ' क' का सासद चुमनारायण तबदारको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पुर्व राज्यमन्त्री शिव बस्नेत , नेपाली कांग्रेस महानगर सभापति दिपक चापागाईं, नेपाली कांग्रेस मोरङका सह-सचीव सन्जय मण्डल , नेपाली कांग्रेस जिल्ला सदस्य देवचन्द्र घिमिरे ,क्षेत्र नम्बर छ का सह सचिव केशव गिरि , विराटनगर महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि देवेन्द्रराज पोखरेल नेपाली कांग्रेस महानगर सभापति दिपक चापागाईं, महानगर समिती सचिव झुमा निरौला लगायतले आफ्नो शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेपाली कांग्रेस वडा नम्बर ४ का उपसभापति अर्जुन चुडालले आउदो नयाँ वर्षले नेपाली कांग्रेसको भविष्य निर्धारण गर्न महत्त्वपूर्ण साबित हुने बिचार ब्यक्त गर्दै उपस्थित सबैमा शुभकामना सहित स्वागत गर्नु भएको थियो ।

त्यस्तै कार्यक्रममा प्रकाश पार्दै नेपाली कांग्रेस वडा नम्बर ४ का उपसभापति बलकराम राजबंशिले नयाँ वर्षलाई नेपाली कांग्रेसले उत्साहका साथ मनाउने गरेको परमपरालाई मध्यनजर गर्दै यो कार्यक्रमको आयोजना गरिएको जानकारी दिनु हुँदै नयाँ वर्षले नेपाली कांग्रेसका आम कार्यकर्तामा एकताको भावना निर्माण गर्दै आगामी दिनमा एक भएर चुनावमा होमिने वाताबरण निर्माण गर्नेमा आफू बिश्वस्त रहेको बताउनु भयो ।

नेपाली कांग्रेस महानगर सभापति दिपक चापागाईंले विगतका कांग्रेसका महाअधिबेशनमा भएका तिक्ततालाई बिर्सिएर अब सबै एक ढिक्का भएर चुनावमा होमिनुको विकल्प नरहेको बताउदै गठबन्धन विराटनगरको हकमा आवश्यक छ कि छैन भन्ने बारे पार्टी नेतृत्वलाई तल्लो तहबाट नै सुझाव गएको हुँदा सोही भावनालाई पार्टीले आत्मसात गर्नेमा आफू विश्वस्त रहेको बताउदै नयाँ वर्षले सबैमा नयाँ उत्साह र उमंग ल्याउने छ र चुनाबी मैदानमा कांग्रेसले जितको झन्डा फरफराउने छ भन्ने विश्वास सहित शुभकामना ब्यक्त गर्नु भयो ।

त्यस्तै पुर्व राज्यमन्त्री शिव बस्नेतले शुभकामना ब्यक्त गर्दै कांग्रेस एक ढिक्का भएर मैदानमा उत्रिने हो भने कसैले पनि कांग्रेसलाई पराजित गर्न नसक्ने र पार्टीले निर्देशन गरे बमोजिम चल्नु पर्ने भएकाले सोही अनुसार आफ्नो मनस्थिति बनाएर चुनावमा होमिन आग्रह गर्नु भयो ।

त्यस्तै जिल्ला सदस्य देवचन्द्र घिमिरेले नेपाली कांग्रेस केन्द्रिय समितिको निर्णय विरुद्ध कोहि हिड्न नमिल्ने हुँदा आवश्यकता अनुसार तालमेल गर्न पछि हट्नु नहुने,जसले टिकट पाउछ सबै मिलेर जिताउन प्रण गर्ने ,नयाँ वर्षले सबैमा उत्साह र उर्जा ल्याउने छ बैशाख हुने निर्वाचनमा यहि उत्साह नै जितमा परिणत होस भन्दै शुभकामना व्यक्त गर्नु भयो ।

त्यस्तै क्षेत्र नम्बर ६ का सह सचिव केशव गिरिले सुरुमा कांग्रेस आफू आफू भित्र मिल्नु पर्ने यसो हुदा आफू बिच मन मिल्दा गठबन्धन बिना नै चुनाव जित्न सकिने हुँदा सोही अनुसार अघि बढ्न सके काङ्ग्रेस देश ब्यापी रुपमा विजयी हुने बिचार ब्यक्त गर्नु भयो ।

विराटनगर महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष तथा नेपाली काङ्ग्रेस महाअधिबेशन प्रतिनिधि देबेन्द्रराज पोखरेलले पार्टीको तर्फ बाट जसले टिकट पाए पनि जितका लागि सबै एकजुट भएर लाग्नु को विकल्प नरहेको र विगतमा नेपाली कांग्रेसले जितेको क्षेत्र भएकाले यस क्षेत्रमा गठबन्धन गर्नुको औचित्य नरह्ने आफ्नो सुझाव रहेको जनाउदै नयाँ वर्षसँगै देश चुनावी अभियानमा होमिने हुँदा पार्टीको निर्देशनलाई आत्मसात गर्दै अघि बढ्नु पर्ने र सबैतिर कांग्रेसलाई एक नम्बर पार्टी बनाउन लाग्नु पर्नेमा जोड दिनु भयो ।

त्यस्तै प्रदेश सासद चुमनारायण तब्दारले देश चुनाबी माहोलमा गइरहेको परिप्रेक्षमा सबै मिलि कांग्रेसलाई जिताउने अभियानमा लाग्न नयाँ वर्षले प्रेरणा प्रदान गर्ने बिश्वास ब्यक्त गर्दै शुभकामना दिनुभयो ।

त्यस्तै कार्यक्रममा आफ्ना भनाइ राख्दै नेपाली कांग्रेस वडा नम्बर ४ का सभापति राजकुमार तबदारले नयाँ वर्षले सबैको जीवनमा खुशी लिएर आओस भन्ने शुभकामना ब्यक्त गर्दै चुनावि अभियान जारी रहेको र घर घर जाऔ कांग्रेस जिताऔ अभियानमा उत्साहप्रद सहभागिता रहेको जानकारी दिदै काग्रेसले जितेको वार्ड भएका कारण यस वार्डमा कांग्रेसले अन्य पार्टीसँग गठबन्धन गर्न नपर्ने निर्णय माथिल्लो तहमा पठाएको र पार्टीको निर्देशन अनुसार अघि बढ्नु पर्ने आफुहरुको बाध्यता रहेको कारण पार्टीको निर्णयलाई मानेर जानुको पनि विकल्प नरहेको हुँदा यस सम्बन्धमा पार्टीबाट उचित निर्णय हुनेमा आफूहरु आशावादी रहेको बताउनु भयो ।

नेपाली काङ्ग्रेस वडा नम्बर ४ समितीलाई पुर्णता

नेपाली कांग्रेस वडा नम्बर ४ का सभापति राजकुमार तबदारले आफ्नो कार्यसमितीमा विभिन्न सदस्य थप गर्दै कार्यसमितीलाई बिस्तार गर्दै पुर्णता दिनु भएको छ । थपिएका सदस्यहरुमा बिरेन्द्र प्रसाद यादब , अजित कुमार सिंह ,सुभाष भण्डारी ,सियालाल यादब ,उपेन्द्र प्रसाद मन्डल ,हरिराम मण्डल,भुवनेश्वर थन्दार र यम कुमारी खडका लाई मनोनित गर्नु भएको छ भने कोषाध्यक्षमा राजकुमारी राजवंशीलाई मनोनित गर्दै आफ्नो कार्यसमितिलाई पुर्णता दिनु भएको छ ।

कार्यसमिति पुर्ण भए सँगै अब सबै मिलेर कांग्रेस जिताउने अभियानमा लाग्न समेत सभापति तबदारले आफ्नो समितीलाइ निर्देशन दिनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्