विराटनगरको होटल एशियाटीकमा खुल्यो पुल, बार, रेष्टु–राँ

विराटनगरको होटल एशियाटीकमा खुल्यो पुल, बार, रेष्टु–राँ

विराटनगर । विराटनगर एयरपोर्ट रोडमा सञ्चालित होटल एशियाटीकले पुल, बार एण्ड रेष्टु–राँ सेवा विस्तार गरेको छ । विराटनगरको सुविधासम्पन्न होटलले आफ्नै परिसरमा थप सेवा विस्तार गरेको हो ।

होटलका सञ्चालक पुण्य भट्टराईका अनुसार सेवाग्राहीका लागि थप सेवा विस्तार गरिएको छ । तीन करोड रुपिँयाको लगानीमा होटल परिसरमै पुल, बार र रेष्टु–राँ सञ्चालनमा ल्याइएको हो ।

इन्डोर स्वीमिङ्ग पुल, बार र रेष्टु–राँ विस्तारसँगै सेवाग्राहीले गर्मीको मौसममा स्विमिङ्गको आनन्दसँगै रेष्टु–राँको मज्जा लिन पाउने भएका छन् । यो होटल पूर्वकै उत्कृष्ट पर्यटकीयस्तरको होटलमा पर्दछ । विस्तारित सेवा सबै उमेर समूहका नागरिकले लिनसक्नेछन् । किड्स स्वीमिङ्ग पुलको अवधारणा समेत रहेका कारण पारिवारिक वातावरणलाई थप सहज बनाउन मद्दत गर्ने दावी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्