नयाँ वर्षसँगै राजनीतिक स्थिरता र स्थायित्व सुदृढ होस्ः मन्त्री कार्की

नयाँ वर्षसँगै राजनीतिक स्थिरता र स्थायित्व सुदृढ होस्ः मन्त्री कार्की

विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले नेपालको संविधान जारी भएपछि स्थापित प्रदेश संरचनाले जनताका आवश्यकता सँगै विकाशका कामहरू पनि थप भइरहेको बताउनुभएको छ । नव वर्ष २०७९ साल प्रारम्भको अवसरमा शुभकामना जारी गर्दै उहाँले जनअपेक्षा अनुसार काम गरेर जनताप्रतिको जिम्मेवारी र उत्तरदायित्व पूरा गर्ने बताउनुभयो ।

उहाँले भन्नुभएको छ, राजनीति पेसा हैन सेवा हो । त्यसमा पनि मैले भन्ने गरेको छु,‘जनप्रतिनिधि जनताको शासक हैन सेवक बन्नु पर्दछ भनेर । प्रदेश सरकार त्यसमा पनि मेरो नेतृत्वमा रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनभावना अनुसार कार्य सम्पादन गरिरहेको ब्यहोरा विदितै छ । आफू जिम्मेवारीमा रहँदासम्म जनताको मनमा बसेर जनभावना अनुसारका काम गर्ने अठोट लिएको छु । नयाँ वर्षको आगमनसँगै मुलुकमा राजनीतिक स्थिरता र स्थायित्व अझ बढी सुदृढ कायम हुनेछ भन्ने अपेक्षा गरेको छु ।

आपसी सहकार्य र सहमतिले मात्र मुलुकलाई अगाडि बढाउन सहज हुने भएकाले अग्रगामी निकासका लागि दृढ सङ्कल्प आवश्यक भएको उल्लेख गर्दै उहाँले असल जनप्रतिनिधिको पहिचान बनाउनु आवश्यक रहेको बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्