विराटनगर–१८ बाट १२० केजी गाँजा बरामद, चालक फरार भएपछि खोजी

विराटनगर–१८ बाट १२० केजी गाँजा बरामद, चालक फरार भएपछि खोजी

विराटनगर । विराटनगर–१८ फोरलाइनबाट प्रहरीले १२० केजी अवैध गाँजा बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय बुधनगरको टोलिले चेकजाँच गरिरहेको अवस्थामा गाडीमा लोड गरेर लिएर आउँदै गरेको गाँजा छोडेर चालक फरार भएपछि प्रहरीले नियन्त्रणमा लिइएको हो ।

प्रहरीको नियमित चेकजाँच रहेको अवस्थामा बिहीबार राती १० बजे को. १ च. ५३१८ नम्बरको सेतो पिकअप भेन रोकी चालक फरार भएका थिए । प्रहरीको चेकजाँच भईरहेको स्थानदेखि एकसय मिटर नजिकमा निलो त्रिपालले छोपेको उक्त भेनको खानतलासी गर्ने क्रममा भेनभित्र तिन वटा सेतो बोरामा प्याकिङ गरिएको अवस्थामा गाँजा फेला परेको थियो ।

सोहि पिकअपमा अदुवा २६ पोकामा ५५४ के. जी. र ६ पोका धानको भुस ४५ केजी समेत बरामद भएको थियो । को. १ च. ५३१८ नम्बरको पिकअप भेन र बरामदी सामानहरु जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई थप अनुसन्धान भईरहेको छ । फरार रहेको चालकको खोजी कार्य भईरहेको प्रहरीका प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्