विराटनगरबाट नौ लाख मूल्य बराबरको अवैध सामान बरामद

विराटनगरबाट नौ लाख मूल्य बराबरको अवैध सामान बरामद

विराटनगर । विराटनगर महानगरपालिकाको विभिन्न स्थानबाट भारतबाट भन्सार छलि लुकाई छिपाई नेपालतर्फ ल्याएको लत्ता कपडा, खाद्यान्न, घरायसी सामानहरू बरामद गरिएको छ । प्रहरीले अन्दाजी मूल्य नौ लाख ८३ हजार १५० रुपिँया बराबरको सामान नियन्त्रणमा लिइएको हो ।

ईलाका प्रहरी कार्यालय रानी विराटनगरबाट खटिएको प्रहरी टोलीले बिहीबार बरामद गरेको सामान आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानीमा बुझाईएको प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्