बिग होटलमा नविन के भट्टराईको साँगितीक कार्यक्रम, दर्शकको क्रेजले तात्यो माहोल (फोटो फिचर )

बिग होटलमा नविन के भट्टराईको साँगितीक कार्यक्रम, दर्शकको क्रेजले तात्यो माहोल (फोटो फिचर )

विराटनगर । विराटनगरको रोडशेषमा रहेको बिग होटलले विभिन्न साङ्गितिक कार्यक्रम सहित आफ्नो चौथो वार्षिकोत्सव मनाएको छ ।


नयाँ वर्ष २०७९ सालको पुर्वसन्ध्यामा ‘न्यु इयर इभ’ सँगै बिग होटलले आफ्नो चौथो वार्षिकोत्सव बुधबार भव्य रुपमा मनाएको छ ।
चैत्र ३० गते साँझ ७ बजेदेखि सुरु भएको कार्यक्रममा झापा विर्तामोडको मेलोडी व्याण्ड सहित चर्चित नेपाली गायक नविन के भट्टराईको अतृप्त ब्याण्डको साङ्गितिक प्रस्तुती रहेको थियो ।

सुरुमा झापाको मेलाडी व्याण्डले आफ्नो प्रस्तुती दिएको थियो भने राती साढे १० बजेपछी नविन के भट्टराईको प्रस्तुती रहेको थियो । विग होटलको प्राङगणमा आयोजना गरिएको कार्यक्रममा विराटनगर लगायत ईटहरी धरानका समेत दर्शकहरुको उपस्थित रहेको थियो । नविन के भट्टराईले झन्डै एक दर्जन गीतहरु गाएका थिए । उनले गीत गाईरहदाँ उनका फ्यानहरु खुलेर नाचिरहेको दृष्य देख्न सकिन्थ्यो ।भट्टराईले झण्डै दुई घन्टा जति दिएको प्रस्तुतीमा उनलाई साथ दिनेहरुको कमि भने थिएन ।


विग होटल संचालक भरत खत्री लगायतको उनका परिवार र गायक नविन के भट्टराई सयुत्त रुपमा १२ बजे केक काटेर बार्षिक उत्सवसंगसगै नयाँ बर्ष मनाएका थिए । कार्यक्रमलाई मोडल किशोरी कार्की उद्षोण गरेकी थिईन् भने आवर विराटनगरले प्रत्यक्ष प्रशारण गरेको थियो ।


२०७४ सालमा बैसाख १ स्थपना गरिएको ४ तारे होटलले विविन्न सांगितिक कार्यक्रमहरु गर्दै आएको छ । यसका साथै आगामी दिनमा अण्डरग्राउण्ड सुमिङ पुलसंगै क्यासिनो, हेल्थ क्लव, स्टीम सोना व्युटी सैलुन ल्याउने तयारीमा रहेको बिग होटलका व्यवस्थापक सञ्जय साहले बताउनुभयो ।

 

तस्वीर : प्रेम देवान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्