मोरङको जहदामा मापसे गरेर श्रीमतीको हत्या गरी श्रीमान फरार

<span class='c1'>मोरङको जहदामा मापसे गरेर श्रीमतीको</span> <span class='c2'>हत्या गरी श्रीमान फरार</span>

विराटनगर । मोरङको जहदामा श्रीमानले आफ्नै श्रीमती को हत्या गरी श्रीमान् फरार भएका छन् ।

मोरङ प्रहरीका अनुसार जहदा गाउँपालिका–७ का ३३ वर्षीय नारायण सोरेनले मादक पदार्थ सेवन (मापसे) गरेर कुटपिट गरी पत्नी ३२ बर्सिया पानो टुडुको हत्या गरेका हुन ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपकश्रेष्ठका अनुसार नारायणले मादक पदार्थ सेवन गरेर चैत २९ गते पत्नीलाई कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएकी पानो को उपचारका क्रममा बिहीबार राति विराटनगरको कोसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पत्नीको हत्यामा संलग्न नारायण फरार रहेकाले खोजी तीव्र पारेर घटनाको अनुसन्धान थालिएको जानकारी श्रेष्ठले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्