स्थानीय तह निर्वाचन : मोरङमा उमेद्वार छान्न व्यस्त एमाले, तीन पालिका र ५५ वडामा सर्वसम्मत सिफारिस

स्थानीय तह निर्वाचन : मोरङमा उमेद्वार छान्न व्यस्त एमाले, तीन पालिका र ५५ वडामा सर्वसम्मत सिफारिस

विराटनगर । नेकपा एमालेको तर्फबाट आगामी स्थानीय तह निर्वाचन मेयर तथा अध्यक्षमा उठ्न तीनवटा पालिकाका प्रमुख सर्वसम्मत सिफारिस भएका छन् ।

मोरङका १७ पालिकामध्ये रंगेलीमा दिलिप बगडीया, धनपालथानमा मुसहरु मण्डल र जहदामा जयनरथ गिरी (कृष्ण) सर्वसम्मत सिफारिस भएका हुन् ।
जिल्लाका १७ पालिकाका १५९ वडामध्ये ५५ जना वडाअध्यक्षका उमेदवारको नाम समेत सर्वसम्मत सिफारिस भएको एमाले मोरङका सचिव रुपेश खतिवडाले जानकारी दिनुभयो । सचिव खतिवडाका अनुसार सर्वसम्मत सिफारिस नभएका पालिका र वडाका लागि थप तिनदिनको म्याद दिइएको छ । शुक्रबार जिल्ला संयन्त्रको बैठकले विशेष निर्देशन गर्दै ६ वटै निर्वाचन क्षेत्रमा संयन्त्र तयार पारिएको छ ।

निर्वाचन क्षेत्रमा रहेका स्थायी समिति सदस्य, केन्द्रीय समिति सदस्य, जिल्लाका पदाधिकारी सम्मिलित सिफारिस संयन्त्रलाई सक्रिय बनाउने निर्णय गरिएको हो । यो संयन्त्रले पालिका प्रमुखदेखि वडाध्यक्षसम्मका उम्मेदवार सर्वसम्मतबाट बनाउने प्रयास गर्नेछ । नेकपा एमालेले सर्वंंसम्मत प्रमुखको टुंगो लगाएको पालिकामा रंगेली नगरपालिका, जहदा गाउँपालिका र धनपालथान गाउँपालिका छन् । रंगेलीमा नेकपा माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरेका दिलिप अग्रवाल (बगडिया) सर्वसम्मत उम्मेदवार बनेका छन् । त्यस्तै, जहदा गाउँपालिकामा जयनरथ गिरी (कृष्ण) प्रमुख र अनिता सोरेन उपप्रमुखमा सर्वसम्मत छनौट भएका छन् । धनपालथान गाउँपालिकामा भने प्रमुखको लागि मुसहरू मण्डलको नाम सर्वसम्मत भई सिफारिस गरिएको छ ।

तल्लो तहबाट पनि नाम टुंगो लगाउन नसकेका पालिका तथा वडाका लागि शुक्रबार तयार गरेको संयन्त्रले काम गर्नेछ । सर्वसहमतिबाट नाम टुंगो लगाउने विषयलाई केन्द्रमा राखेर एमालेले निर्वाचन केन्द्रीत अभियान चलाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्