विराटनगरको मेयरका लागि काँग्रेसबाट सातजनाको नाम सिफारिस

विराटनगरको मेयरका लागि काँग्रेसबाट सातजनाको नाम सिफारिस

विराटनगर । नेपाल कांग्रेस महानगर समितिले विराटनगरको मेयरका लागि ७ जना नेताहरुको नाम केन्द्रीय कमिटी समक्ष सिफारिस गरेको छ ।

समितिले शनिबार केन्द्रीय कार्यालयका सचिव प्रेम केसीलाई कांग्रेसबाट मेयर पदका उम्मेदवारहरुको नाम सिफारिस गरेको हो । महानगर सभापति दिपक चापागाँईले आसन्न स्थानीय तह निर्वाचनमा कांग्रेसका तर्फबाट विराटनगरको मेयरका लागि सिफारिस गरिएको नामावली सचिव केसीलाई बुझाएका हुन् ।

महानगरको मेयरका लागि कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल, डा. डिला संग्रौला, भीम पराजुली, जिल्ला उपाध्यक्ष नागेश कोइराला, महानगर सभापति दिपक चापागाँई, प्रदेश समिति सदस्य गोपाल रेग्मी र वर्तमान उप-मेयर इन्दिरा कार्कीको नाम सिफारिस गरिएको छ ।

अघिल्लो निर्वाचनमा निर्वाचित मेयर पराजुली र उप-मेयर इन्दिरा कार्कीको नामसहित महानगर समितिले ७ जनाको नामावली केन्द्रीय कार्यालयमा बुझाएसँगै कसले टिकट लिने भन्ने दौडधुप सुरु भएको छ । महानगरका सभापति चापागाँईले विराटनगरमा कुनैपनि तालमेल वा गठबन्धन गर्ने आवश्यक नरहेको बताउँदै ह्याबी वेटहरुको नाम सिफारिस गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्