नेपाल अग्रवाल सभा विराटनगरको हनुमान मन्दिरमा चिसो पानीको सुविधा जडान

नेपाल अग्रवाल सभा विराटनगरको हनुमान मन्दिरमा चिसो पानीको सुविधा जडान

विराटनगर । नेपाल अग्रवाल सभा विराटनगरद्वारा विराटनगर २ स्थित सिंघिया हनुमान मन्दिरको प्राङ्गणमा अग्रसेन प्याउ स्थापना गरिएको छ। विराटनगर निवासी निरञ्जन खेतानले आफ्नो माता पिता स्व मुरलीधर रतनी देवी खेतानको स्मृतिमा पानी चिस्याउने मेशिन सहितको प्याउ निर्माण गरि अग्रवाल सभा लाई हस्तान्तरण गर्नु भएको हो।

उक्त प्याउको आज हनुमान जन्मोत्सवको अवसरमा नेपाल अग्रवाल सभा विराटनगर का पूर्व अध्यक्ष तराचनद खेतानले उद्घाटन गर्नुभयो।
उद्घाटन कार्यक्रम सभाका अध्यक्ष विशाल केडियाको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव अभिषेक तोदीले गर्नु भएको थियो।

कार्यक्रममा सभाका पूर्व अध्यक्षहरु शंकर लाल अग्रवाल, कृष्ण कुमार लोहिया, राम अवतार अग्रवाल, देवकी नन्दन अग्रवाल लगायत को उपस्थिति रहेको थियो। यस अघि पनि नेपाल अग्रवाल सभा को अग्रसरतामा दाताहरुको सहयोगमा जिल्ला प्रशासन कार्यालय, मोरङ्गको अगाडि एबम् नेपाल अग्रवाल युवा मञ्च द्वारा विराटनगर ५ स्थित राम मन्दिरमा समेत वाटर चिलिङ्ग प्लान्ट स्थापना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्