विराटनगरमा प्रदेश एक स्तरिय स्टार्टअप एण्ड आईडिया फेस्ट र डिजिटल संवाद हुँदै

<span class='c1'>विराटनगरमा प्रदेश एक स्तरिय स्टार्टअप एण्ड</span> <span class='c2'>आईडिया फेस्ट र डिजिटल संवाद हुँदै</span>

विराटनगर । लिभिङ विथ आइसिटी र आइसिटी फाउण्डेसन नेपालको सहकार्यमा विराटनगरमा प्रदेश एक स्तरिय स्टार्टअप एण्ड आईडिया फेस्ट र डिजिटल सम्वाद कार्यक्रम हुने भएको छ ।

विराटनगरको उद्योग संगठन मोरङमा भोली सोमबार विहान ११ बजेदेखि साँझ ६ बजेसम्म हुने कार्यक्रममा विभिन्न ३ फरक सेसनहरु सञ्चालन हुने आयोजकले आईतबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ । विहान ११ बजेदेखि साँझ ३ बजेसम्म स्टार्टअप, इन्नोभेसन तथा आईडिया प्रद्धर्शनीको कार्यक्रम रहने छ भने समानान्तर समयमा १२ बजेदेखि ३ बजेसम्म आईडिया पिचिङ एण्ड मेन्टरिङ सेसन सञ्चालन हुने र बेलुकी ३ देखि ६ बजेसम्म डिजिटल प्रदेश संवाद कार्यक्रमको आयोजना हुने कार्यक्रम सयोजक राजन लम्सालले जानकारी दिनुभयो ।

सातै प्रदेशमा आयोजना भइरहेको कार्यक्रम यस अघि पोखरा, बुटवल र विरगञ्जमा सम्पन्न भइसकेपछि प्रदेश एकमा पनि यो कार्यक्रम गर्न लागीएको लम्सालले बताउनुभयो ।

हरेक प्रदेशबाट कम्तिमा ५ उत्ृकष्ट स्टार्टअप तथा आइडिया छनौट गरी काठमाडौंमा सञ्चालन हुने विजनेश इन्क्युवेसनमा सहभागी गराइने समेत लम्सालले जानकारी दिनुभयो । उत्कृष्ट स्टार्टअपले राष्ट्रिया वाणिज्य बैंकबाट सहुलियतपुर्ण कर्जा प्राप्त गर्नेछन भने आइसिटी अवार्ड २०२२ मा सम्मान प्राप्त गर्नेछन । उद्यमशिलता विकासको लागि यो कार्यक्रम महत्वपुर्ण प्लाटफर्म हुने आयोजकले विश्वास लिएको छ ।

यसैगरी बिराटनगरमा डिजिटल रुपान्तरणको लागि डिजिटल प्रदेश संवाद कार्यक्रम , स्थानिय, प्रदेश सरकार, नीजि क्षेत्र र सरोकारवालाहरुबिच अन्तकृया हुने कार्यक्रममा २ वटा महत्वपुर्ण कार्यपत्र प्रस्तुत हुनेछन । प्रदेशमा भईरहेको डिजिटल तथा ईगभर्नेन्सका काम, परिवर्तन, अभ्यास, नीति, योजना तथा आगामी कार्यदिशामाथि सम्बन्धित क्षेत्रका सार्वजनिक तथा निजी सरोकारवालाहरुसँग छलफल गरेर डिजिटल ईकोसिस्टमको लागि आधार तयार गनु कार्यक्रमको उदेश्य रहेको आयोजकको दावी छ ।

यस कार्यक्रममा सहभागी हुन चाहाने स्टार्टअप तथा इन्नोभेटरले निशुल्क स्टल राख्न, पिचिङ गर्न तथा मेन्टरिङ सेसनमा सहभागि हुन सक्नेछन । सोहि दिन आयोजना हुने डिजिटल प्रदेश संवाद कार्यक्रमा सहभागिता तथा प्रर्दशनी अवलोकनको लागि पनि कुनै शुल्क नलाग्ने आयोजकले जनाएको छ ।
स्टार्टअप एण्ड आइडिया फेस्टले स्थानिय नवप्रवर्तक तथा इन्नोभेटरलाई प्रवद्धन गर्न, आवश्यक लगानी जुटाउन र प्रदेशमै आइटी उद्यमशिलताको विकासको लागि सघाँउ पुर्याउने अपेक्षा राखिएको छ ।

विराटनगरमा हुन लागेको प्रदेश एक स्तरिय स्टार्टअप एण्ड आईडिया फेस्ट र डिजिटल सम्वाद कार्यक्रमको अनलाईन मिडिया पार्टनर आवरविराटनगर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्