छोरो वेपत्ता पारिएको १८ वर्षपछि अन्तिम संस्कार, विराटनगरमा काजकिरिया बसे बुबा

छोरो वेपत्ता पारिएको १८ वर्षपछि अन्तिम संस्कार, विराटनगरमा काजकिरिया बसे बुबा

विराटनगर । राज्यद्वारा वेपत्ता पारिएका कुबेर आपागाँँईको १८ वर्षपछि अन्तिम संस्कार गरिएको छ । दश वर्षे जनयुद्धका क्रममा बेपत्ता पारिएका माओवादी नेता आपागाईं जीवित फर्कने संभावना सकिएको भन्दै परिवारले सांस्कृतिक परम्परा अनुसार अन्तिम संस्कार गरेको हो ।

तत्कालीन अवस्थामा राज्य पक्षले विराटनगरबाट पक्राउ गरेर आपागाईंलाई २०६० साल असोज १० गतेदेखि बेपत्ता बनाइएको थियो । मोरङको उर्लाबारीमा २०३७ साल असार १ गते जन्मिएका उनी २०५४ सालदेखि माओवादी निकट अखिल क्रान्तिकारीमा संगठित भएका थिए । जनयुद्धमा आवद्ध भएर भूमिगत भएका उनी तत्कालीन समयमा एरिया कमिटी सदस्य तथा मजदुर विशेष जिल्ला कमिटीका सचिवको जिम्मेवारीमा रहेर काम गर्दैगर्दा विराटनगरबाट पक्राउ परेका थिए । पक्राउसँगै उनलाई बेपत्ता पारिएको थियो ।

परिवार आइतबार विराटनगर ३ स्थित घरमा भेला भएर झापाको कन्काई माई नदीमा गई बेपत्ता भएका कुबेरको कुशको शव बनाएर धार्मिक तथा सांस्कृति परम्परा अनुसार सतगत गरेको दाजु हरि आपागाईंले जानकारी दिनुभयो । दाहसंस्कार पछि विराटनगर ३ स्थित घरमा १३ दिने काजकिरियाको काम सुरु गरिएको छ । बुवा तुलसीप्रसाद आपागाईं काजकिरियामा बस्नु भएको छ ।

शान्ति सम्झौता भएको १५ वर्ष बितिसक्दापनि राज्यले हामीलाई न लास देखायो न सास नै फिर्ता ग¥यो, बुबा तुलसीप्रसाद आपागाँईले भन्नुभयो–त्यसैले अब हाम्रो छोरो जीवित छैन भन्ने निष्कर्शमा हामी पुग्यौं र परम्परा अनुसार काजकिरिया गर्ने निर्णय लिएका हौं ।
परिवारका सदस्य गुमाएका हामी र हामीजस्ता अरु धेरैजना आफन्त आउँछन् कि भन्ने आशमा तड्पिएर बसिरहेका छन् तर यसप्रति राज्य संवेदनशील भएन, जनयुद्ध गर्ने पक्षले पनि पीडितलाई न्याय दिलाउन जति प्रयत्न गर्नुपथ्र्यो त्यो गर्न सकेको छैन, बुबा तुलसीले भन्नुभयो–‘राज्यले जे हो त्यो कुरा भनिदिनु पर्छ, द्वन्द्वमा बेपत्ता भएको हुँदा धेरैजना जीवित छैनन् भन्ने नै बुझाइ हो तर त्यो भनिदिएर न्यायको अनुभूति गराउन राज्य पछि हट्न हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्