विराटनगर हस्पिटलचौकमा आगलागी, नियन्त्रणका क्रममा बारुणयन्त्रका तीनकर्मचारी घाइते

<span class='c1'>विराटनगर हस्पिटलचौकमा आगलागी, नियन्त्रणका</span> <span class='c2'>क्रममा बारुणयन्त्रका तीनकर्मचारी घाइते</span>

विराटनगर । विराटनगर–९ हस्पिटल चौकमा मध्यराती १२ः१५ बजे आगलागी हुँदा ५० लाख बराबरको क्षति भएको छ । शोभादेवी घिमिरेको घरबाट सल्केको आगोले आसपासका चारवटा पसल समेत जलेर क्षति पुगेको छ ।

घिमिरेको किराना पसल, विपन राजबंशीको चिया पसल, तुलसीप्रसाद उप्रेतीको कपडा पसल अबान्सु राजबंशीको चिसा पसल जलेर पूर्ण रुपमा क्षति भएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो ।
विराटनगर महानगरपालिका दुईवटा, दमक र दुहबी नगरपालिकाबाट आएका दुईवटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरीले १ः४० बजे आगो नियन्त्रणमा लिइएको थियो ।

त्यस क्रममा ग्यासको सिलिण्डर पड्केर विराटनगर बारुणयन्त्रमा कार्यरत तीनजना कर्मचारी घाइते भएका छन् । प्रहरीका प्रवक्ता श्रेष्ठका अनुसार बारुणयन्त्रमा कार्यरत हवल्दार भिम बिष्ट, फायरमेन अशेष दाहाल र प्रेमकुमार राजबंशी घाइते भएका हुन् । उनीहरुको तत्काल कोसी अस्पताल विराटनगरमा प्राथमिक उपचारपछि म्याक्स अस्पतालमा थप उपचार भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्