बुढीगंगा गाउँपालिको प्रमुखमा माओवादीबाट चार जनाको नाम सिफारिस

<span class='c1'>बुढीगंगा गाउँपालिको प्रमुखमा माओवादीबाट</span> <span class='c2'>चार जनाको नाम सिफारिस</span>

विराटनगर । स्थानिय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट बुढीगंगा गाउँपालिकाको प्रमुखमा चार जनाको नाम सिफारिस गरेको छ ।

गाउँपालिका पार्टी कमिटिको बैठकले अध्यक्ष पदमा नेकपा माओवादी केन्द्र प्रदेश १ का सदस्य उपेन्द्र राय, सदस्य तथा बुढीगंगा गाउँपालिकाका इन्चार्ज इश्वरी आचार्य, सह–इन्चार्ज नरेन्द्र प्रसाद ढकाल र माओवादी केन्द्र बुढीगंगाका अध्यक्ष डिल्ली आचार्यको नाम पार्टीले सिफारिस गरेको हो ।

उपाध्यक्षमा तीन जनाको नाम सिफारिस गरि गठाएको छ । उपाध्यक्षमा सुनिता कुमारी चौधरी, सावित्रा अधिकारी र अमृता माझीको नाम सिफारिस गरिएको नेकपा माओवादी केन्द्र बुढीगंगाका अध्यक्ष डिल्ली आचार्यले जानकारी दिए । पार्टीले वडाअध्यक्ष सहित सदस्यहरूको पनि नाम सिफारिस गरि जिल्ला पार्टी कार्यालय पठाएको छ । गाउँपालिको दुई वटा वडामा वडाअध्यक्षको लागि पार्टीले सर्वसम्मत निर्णाय गरि नाम सिफारिस गरि जिल्ला पार्टीमा पठाएको छ । बुढीगंगा १ को वडाअध्यक्षमा कपिल सुनार र तिलक बहादुर बस्नेतको नाम सिफारिस गरेको छ । यस्तै २ नं. वडामा सखिचन्द्र ऋषिदव र धमेन्द्र ऋषिदेवको नाम सिफारिस गरेको छ । यस्तै वडा नं. ३ मा रोहित दाहाल, राजेश राजवंशी, सुमृत खवासनको नाम सिफारिस गरि गठाएको छ । वडा नं. ४ मा मो. हस्मोदिनको नाम सर्वसम्म वडाअध्यक्षमा पार्टीले निर्णाय गरि नाम पठाएको अध्यक्ष आचार्यले जानकारी दिए ।

यसैगरि वडा नं. ५ को वडाअध्यक्षमा देवेन्द्र प्रसाद दाहालको नाम सर्वसम्मत निर्णाय गरि पठाएको छ । ६ को वडाअध्यक्षमा अमरजन माझी र योगेन्द्र प्रसाद पौडेललेको नाम सिफारिस गरिएको छ । ७ को वडाअध्यक्षमा लेखराज कट्टेल र अनोद माझीको नाम सिफारिस भएको छ । गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्षहरू र सदस्यहरूको नाम सिफारिस भएपछि पार्टीले अहिले बुढीगंगामा घरदैलो अभियानलाई तिव्रता दिएको छ । मंगलबारदेखि बुढीगंगामा घरदैलो अभियान सुरु गरिएको माओवादी केन्द्र प्रदेश १ का सदस्य उपेन्द्र रायले जानकारी दिए । अभियान वडा नं. ५ बाट सुरु भएको उनले बताए । बुधबारदेखि गाउँपालिका भित्रको सबै वडाभित्रहरूबाट घरदैलो अभियान सुरु हुने उनले बताए । अभियान सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्