प्रदेश नम्बर १ को राजधानी बिराटनगरमा चौंथो स्टार्टअप आईडिया फेस्ट तथा डिजिटल सम्वाद सम्पन्न भएको छ ।
लिभिङ विथ आईसीटी र आईसीटी फाउण्डेसन नेपालको सहकार्यमा सोमबार विराटनगरस्थित उद्योग संगठन मोरङको हलमा आयोजना भएको उक्त कार्यक्रममा प्रदेशका ३० भन्दा धेरै स्टार्टअप तथा आईडियाहरु सहभागी भएका थिए ।
फेस्टसँगै आयोजना भएको आईडिया पिचिङ सेसनमा नवप्रवर्तनमा आधारित १८ ओटा स्टार्टअप तथा आईडियाले आफ्नो प्रोजेक्ट पिच गरेका थिए ।
यसैबीच, विराटनगरबाट सुरु भएको अनलाइन फुड डेलिभरी ईकमर्श क्विकर फूड उत्कृष्ट स्टार्टअपको रुपमा चयन भएको छ। विराटनगरका युवाको सक्रियतामा संचालनमा आएको क्विकर फूडले साढे दुई वर्षदेखि घरघरमा खाना पुर्याउने काम गर्दै आएको छ ।
बिराटनगरलक्षित ग्राहकहरुलाई सेवा दिदैं आएको तर स्थिति सामान्य हुदैन गएपछि आफ्नो सेवा इटहरी,दमक ,इनरुवा,धरान लगायत प्रदेश १ का अन्य जिल्लाहरुमा समेत आफ्नो सेवा विस्तार गर्दै लैजाने संचालक दिवस दाहालले जानकारी दिए । उनका अनुसार शुरुका दिनमा दैनिक २० वटा अर्डर लिने क्विकरले अहिले दैनिक २०० भन्दाबढी अर्डर लिइरहेको छ ।
क्विकर फुड एप एप्पलको एप स्टोर र गुगलको प्ले स्टोर दुबैमा उपलब्ध छ, अडर गर्नका लागि एप डाउन्लोड वा वेबसाईट https://quikrfood.com लग इन वा सोझै फोन मार्फत खाना अर्डर गर्न सकिने क्विकरका संचालक दाहालले जानकारी दिए ।