विराटनगर–४ को वडाअध्यक्षमा माओवादी केन्द्रबाट युवा नेता जिसस

<span class='c1'>विराटनगर–४ को वडाअध्यक्षमा माओवादी</span> <span class='c2'>केन्द्रबाट युवा नेता जिसस</span>

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) विराटनगर महानगरपालिका वडा नं ४ मा जिसस न्यौपाने सर्वसम्मत वडाअध्यक्षको उमेदवारमा सिफारिस भएका छन् । उम्मेद्वार छनोट समितीको बैठकद्वारा न्यौपाने सहित बाँकी ४ जना जना सदस्य लाई सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको हो ।

न्यौपाने १५ वर्ष देखी विद्यार्थी आंदोलनमा सक्रिय रहेका छन्। २०७३ साल मा महेन्द्र मोरंग क्याम्पसमा स्ववियू सभापतीका उम्मेद्वार समेत भएका न्यौपाने निर्वाचन रोकिएपछि त्यहाँ परीक्षण हुन पाएनन् । हाल उनी अखिल (क्रान्तिकारी) १ नं प्रदेश प्रमुख सचिव हुन् ।

आसन्न स्थानीय चुनावमा वास्तविक स्थानिय सरकार जनताको घर आँगन मै रहनेछ भन्ने प्रत्याभूती दिलाउन र जनताका आधारभूत आवश्यकतालाई पुरा गरी अवस्था बदल्न युवाले नेतृत्व लिनुपर्ने मान्यतासहित उनी वडाअध्यक्षको आकांक्षी बनेको बताउँछन् । सामाजिक, शैक्षिक र राजनीतिक गतिविधिमा सक्रिय रहेका उनी व्यवसायीक पृष्ठभूमिका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्