विराटनगरमा सबै पार्टी निर्वाचन केन्द्रीत घरदैलो कार्यक्रममा

<span class='c1'>विराटनगरमा सबै पार्टी निर्वाचन</span> <span class='c2'>केन्द्रीत घरदैलो कार्यक्रममा</span>

विराटनगर । स्थानीय तह निर्वाचन नजिकँदै गएसँगै विराटनगरमा सबै पार्टीका कार्यकर्ताले घरदैलो कार्यक्रम सुरु गरेका छन् ।

मेयर र उपमेयरमा उमेदवारको नाम सिफारिस भएपनि निर्णय नहुँदै वडास्तरको घरदैलो भने सुरु भएको छ । मूलधारमा रहेका दलहरुले वडास्तरको उमेदवारको समेत टुङ्गो भने लगाएका छैनन् । त्यहि पनि चुनाव आएको सन्देश दिन सबै दलहरु वडावडामा प्रचारमा जुटेका हुन् ।

नेकपा एमाले विराटनगर–१७ ले बुधबार घरदैलो कार्यक्रमको शुभारम्भ गरेको छ । मटेरूवा चौकदेखि सुरु गरेर डंग्राहा, जहिर टोलसम्म घरदैलो कार्यक्रम गरिएको थियो । महानगर अध्यक्ष सागर थापा, उपाध्यक्ष सिल्पा कार्कीको उपस्थितमा घरदैलो कार्यक्रम गरिएको वडा सचिव हमिद आजादले जानकारी दिनुभयो ।

यसैगरी नेपाली काँग्रेस महानगर सभापति दिपक चापागाँईका अनुसार वडास्तरको पार्टी कमिटिले निर्वाचन प्रचारको काम सुरु गरेको छ । सभापति चापागाँईले उमेदवार केन्द्रीत भन्दा पनि पार्टी केन्द्रीत निर्वाचन प्रचारको काम सुरु गरिएको जानकारी दिनुभयो ।

नेकपा माओवादी केन्द्रले विराटनगरका अधिकांश वडा उमेदवारको नाम करिब अन्तिम चरणमा पु¥याएको छ । वडाले गत सोमबारसम्ममा १, ३, ४, ५, ६५, ८, १२, १३, १४, १५, १८, १९ उमेद्वारको नाम सिफारिस गरिसकेको थियो । बाँकी वडाको नाम समेत सिफारिस भएर आईसकेको माओवादी महानगरका अध्यक्ष नविन पौडेलले जानकारी दिनुभयो । हालसम्म छ वटा वडाको सर्वसम्मत नामहरु प्राप्त भएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । बाँकी वडाको विषयमा अहिले छलफल भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्