विराटनगर–६ : कल्भर्टमा मान्छे छिर्ने भ्वाङ, जनप्रतिनिधी भने चुनावमा व्यस्त

<span class='c1'>विराटनगर–६ : कल्भर्टमा मान्छे छिर्ने</span> <span class='c2'>भ्वाङ, जनप्रतिनिधी भने चुनावमा व्यस्त</span>

विराटनगर । विराटनगर महानगरपालिका वडा नं. ६ स्थित बिएफएमदेखि केहीमिटर उत्तरमा छ, जुनेली मार्ग ।

पाथिभरा जिम क्लब अगाडिको यो बाटोको कल्भर्टमा भ्वाङ परेको २ महिनाभन्दा बढी भयो । केही समय अघिसम्म भ्वाङ सानै थियो । दुईचक्के सवारीसाधनहरु चल्दासम्म ठीकै थियो । तर, कल्भर्ट पनि धेरै पुरानो भईसकेको हुनाले पछि चारचक्के सवारीसाधनको भार थेग्न नसकेर हाल यो कल्भर्टमा एकजना मान्छे छिर्नसक्ने जत्रो ठुलो भ्वाङ परेको छ । यत्रो भ्वाङ परेकोे पनि एक महिनाभन्दा बढी भईसकेको छ । स्थानीयले वडाध्यक्ष र महानगरपालिकाका जनप्रतिनिधीलाई कल्भर्ट पुर्ननिमार्णका निम्त्ति हारगुहार समेत गरिसकेका छन् । तर, हालसम्म सुनुवाई भएको छैन् । कल्भर्टमा परेको भ्वाङले आम सर्वसाधारणको ज्यान जोखिममा पर्न थाल्दा समेत स्थानीय जनप्रतिनिधि कानमा तेल हालेर बसेको स्थानीय सबु मल्लले बताईन् ।

वडा नं. ६ को बिएफएम हुँदै झर्ना चौक, नहर क्षेत्र र कोचाखाल एरिया जान चाहनेहरुले प्रायः बिएफएम छेउको अरुण मार्ग अथवा केही मिटर उत्तरको जुनेली मार्ग प्रयोग गर्ने गर्दछन् । राम मन्दिर हुँदै कोचाखाल जाने बाटो जीर्ण अवस्थामा हुँदा उक्त बाटोको प्रयोग कमै हुने गर्दछ । तर, पछिल्लो महिना दिनयता बिएफएमसँगै रहेको अरुण मार्गको कल्भर्ट निमार्ण कार्य समेत अलपत्र अवस्थामा हुँदा सर्वसाधारण जोखिम मोलेरै भएपनि भ्वाङ परेको जुनेली मार्गबाट ओहोरदोहोर गर्न बाध्य छन् । अरुण मार्गमा रोडभन्दा डेढ फिटमाथि कल्भर्ट निमार्ण गरिएको छ । तर, ढुंगागिट्टी हालेर लेभलिङ मिलाउने कार्य भने गरिएको छैन् । जसकारण त्यो बाटो अवरुद्ध हुँदा सर्वसाधारणले आवागमनका लागि कल्भर्टमा भ्वाङ परेको जुनेली मार्ग रोज्नुपर्ने बाध्यता छ । जसले दैनिकजसो सवारी दुर्घटनाको जोखिम निम्त्यिाएको स्थानीय शेखर गोस्वामी बताउँछन् ।

विराटनगरको १९ वटै वडाको तुलनामा वडा नं. ६ समग्रमा ठुलो क्षेत्र ओगटेको वडा मानिन्छ । पुर्वमा कोशी राजमार्ग, पश्चिममा केशलिया खोला, उत्तरमा कृषि मार्ग र दक्षिणमा केशलिया रोडसम्मको एरिया वडा नं. ६ को अधिकार क्षेत्र हो । तर, पछिल्लो ५ वर्षमा वडा नं. ६ का स्थानीयले विकासको अनुभुति गर्न पाएका छैनन् । साना, मसिना विकास निमार्णका कार्य देखाउनकै निम्त्ति सम्पन्न भएपनि आम सर्वसाधारणको सहजता र पहुँचको हिसाबले एउटै विकासका गतिविधिले यस वडामा ठाउँ पाएको छैन् । विकासका हरेक गतिविधिहरु वडाध्यक्षको आवास क्षेत्र वरिपरि केन्द्रित गरिएको स्थानीय बताउँछन् । वडाको सम्पुर्ण विकास बजेट नहरपारिको क्षेत्रमा खन्याएर पुर्वमा कोशी राजमार्गदेखि पश्चिममा नहरसम्मको एरियालाई उपेक्षा गर्न खोजिएको उनीहरुको आरोप छ ।

यता, वडा नं. ६ को कार्यालयले भने मेयरको मर्मत कोषबाट जुनेली मार्गको कल्भर्टको निमार्ण कार्य सुरु गर्ने योजना रहेको जनाएको छ । मर्मत कोषको अढाई लाख रुपैयाँ सदर हुन बाँकी रहेकाले निमार्ण कार्यमा ढिलाई भएको वडाध्यक्ष विजय कामत बताउँछन् ।

कल्भर्ट निमार्णका नाममा एक महिनादेखि बाटो अवरुद्ध भएको सुचना प्राप्त हुनासाथ मङ्गलबार आवर विराटनगरको टीम पनि स्थलगत रिपोर्टिङका लागि उक्त ठाउँमा पुगेको थियो । स्थानीयको गुनासोको चाङ सुनेपछि योजनाको विवरण सहितको जानकारी प्राप्त गर्न कल्भर्ट निमार्णको ठेक्का पाएका ऋषि गौतमलाई आवर विराटनगरले फोन मार्फत पटकपटक सम्पर्क गरेको थियो । तर, उनको फोन भने उठेन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्