विराटनगर इन्टरनेसनल कलेज र विराटनगर विमानस्थलबीच सम्झौता,विद्यार्थीलाई बिभिन्न अवसर

विराटनगर इन्टरनेसनल कलेज र विराटनगर विमानस्थलबीच सम्झौता,विद्यार्थीलाई बिभिन्न अवसर

विराटनगर बैशाख ८ , 

बेलायतको वल्भरह्याम्टन विश्वबिद्यालयको सहकार्यमा संचालित बिराटनगर इन्टरनेशनल कलेज र विराटनगर विमानस्थलबीच सम्झौता भएको छ । कलेजमा गत वर्षबाट संचालनमा आएको (अईएचएम) अनर्स इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट र इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट कोर्षका विद्यार्थीहरुका लागि उड्डयन क्षेत्रको शीप तथा जानकारीको लागि उक्त सम्झौता गरिएको कलेजका प्रमुख कार्यकारी डा.ऋषिकेश वाग्लेले बताए ।

कलेजमा आयोजित कार्यक्रममा कलेजका प्रमुख कार्यकारी डा.ऋषिकेश वाग्ले र विराटनगर विमानस्थलका प्रमुख उत्सव खरेलबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो । कलेजका विद्यार्थीहरुलाई उक्त क्षेत्रमा बिभिन्न तालिम साथै अनुभवको वातावरण निर्माण गरी उनीहरुको करियरमा टेवा पुग्ने सोचका साथ उक्त सम्झौता गरिएको कार्यकारी वाग्लेले जानकारी दिए ।  विमानस्थलमा रहने टिकटिङ,ग्राउण्ड व्यस्थापन, विमानस्थल अपरेसन, विमानसंग सरोकार राख्ने हस्पिटालिटी क्षेत्रका बिभिन्न सरोकारका बिषयमा विधार्थीहरुलाई व्यवहारिकरुपमा जानकारी दिने उदेश्यले सम्झौता गरिएको कलेजले जनाएको छ ।

नेपालमा हस्पिटालिटी क्षेत्रमा निकै दक्ष जनशक्तिको अभाव भएको आभाष गरी सम्पूर्ण हस्पिटालिटी क्षेत्रलाई चाहिने क्याप्टेन, होटेल म्यानेजर , सीईओ , टिम लिडर , स्वदेशी तथा बिदेशी उड्ययन तथा समुन्द्री यातायात क्षेत्रको लागि क्याबिन कृउ, ट्राभल म्यानेजर लगायतका क्षेत्रका नेतृत्व गर्न सक्ने जनशक्ति उत्पादनका लागि यस कोर्षको सुरुवात गरेको कलेजका अपरेशन प्रमुख बिबेक दाहालले जानकारी दिए ।

साथै यसबाहेक नेपाल मै नेपालीरिका होटेल चेन साथै आगामी जुलाईमा थाइल्याण्ड साथै भारतका  बिभिन्न होटेल तथा हस्पिटालिटी क्षेत्रसंग सम्झौता गरिने पनि दाहालले बताए ।

विराटनगर इन्टरनेशनल कलेजले बिगत ८ बर्षदेखि इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट र गत बर्षबाट इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कोर्ष पढाई हुदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्