मोरङबाट एसईई दिने अठार हजार विद्यार्थी

<span class='c1'>मोरङबाट एसईई दिने</span> <span class='c2'>अठार हजार विद्यार्थी</span>

विराटनगर । यस पटक ,मोरङका सामुदायिक तथा संस्थागत गरी जम्मा ३ सय ८८ विद्यालयबाट १८ हजार ४ सय ९६ परीक्षार्थी माध्यमिक परीक्षा (एसईई) मा सहभागी हुने भएका छन् । जसमा नियमित साधारणतर्फ १७ हजार ८ सय ५१ जना र प्राविधिकतर्फ ५ सय ६० छन् भने ग्रेडवृद्धि गर्ने ८५ जना परीक्षार्थीले परीक्षामा सहभागिता जनाउने शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख टंकप्रसाद गौतमले बताए ।

वैशाख ९ गते शुत्ररबारदेखि हुने एसईई परीक्षालाई मर्यादित र सुव्यवस्थित गर्न मोरङमा ७१ वटा परीक्षाकेन्द्र तोकिएका छन् । जसमा दुईवटा परीक्षाकेन्द्र प्राविधिकतर्फ रहेको र ६९ परीक्षा केन्द्र साधारणतर्फ छुट्याइएको छ । त्यसैगरी परीक्षा केन्द्राध्यक्ष ७१ जना, सहायक केन्द्राध्यक्ष १२२ जना, निरीक्षक ९२२ जना, निरीक्षक ९२२ जना, निरीक्षक सहायक कर्मचारी १८५ जना र कार्यालय सहयोगी ३७१ जना तोकिएको प्रमुख गौतमले बताए ।

कोरोना कहरको कारणले दुई वर्षदेखि परीक्षा सञ्चालन हुन सकेको थिएन । यस वर्षदेखि प्रदेशस्थित सामाजिक विकास मन्त्रालय र जिल्ला परीक्षा समन्वय समितिको व्यवस्थापनमा एसईई सञ्चालन हुँदैछ । यसपटक देशभरका २ हजार ७ परीक्षाकेन्द्रबाट ५ लाख १४ हजार ७ सय ५० परीक्षार्थी एसईईमा सहभाग हुँदै छन् ।

आजको उद्घोष दैनिकमा समाचार प्रकाशित छ ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्