आईपीएलमा सट्टेवाज लगाउने विराटनगरका दुईजना पक्राउ

आईपीएलमा सट्टेवाज लगाउने विराटनगरका दुईजना पक्राउ

विराटनगर । भारतमा भईरहेको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सट्टाबाजी खेल खेलाउने र खेल्ने गरेको आरोपमा मोरङ प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । विराटनगर-६ निवासी सचिनकुमार साह र विराटनगर-९ का भुपेन्द्रकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरु विरुद्ध सट्टाबाजी कसुरमा पाँच दिनको म्याद थपेर अनुसन्धान भईरहेको मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिनुभयो । उनीहरुको साथबाट सिद्धार्थ र लक्ष्मी बैंकको चेक, नगद २८ हजार ३२५ रुपिँया बरामद गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्