विराटनगरमा सुरु भयो अनलाइन लजिष्टिक ढुवानी

विराटनगरमा सुरु भयो अनलाइन लजिष्टिक ढुवानी

विराटनगर । नेपालको पहिलो अनलाइन लजिष्टिक प्लेटफर्म उपाय सिटी कार्गोको सेवा विस्तारमा विस्तार गरिएको छ । ग्राहकको सामान एक ठाउँबाट अर्को ठाउँमा पु¥याउन सहज बनाउने उद्देश्यले विराटनगरमा उपाय सिटी कार्गोको सेवालाई विस्तार गरिएको हो ।

यस अगाडी काठमाण्डौं, बुटबल, भैरहवामा उपाय सिटी कार्गो सेवा सञ्चालनमा रहेको छ । यसको मेनेजिङ्ग डाइरेक्टर सुमन रायमाझीले देशभर सेवा विस्तार गर्ने लक्ष्यसहित प्रदेश १ को प्रमुख शहरमा आएको बताउनु भएको छ ।
ग्राहकलाई अनलाईन प्रविधि माध्यमबाट सेवाप्रदायक (ढुवानी व्यवसायी)सँग जोड्ने नेपालका लागि यो एकमात्रै डिजिटल लजिष्टिक प्लेटफर्म हो । विराटनगरमा यस अगाडी खानाका परिकारको अनलाइन डेलिभरी दिदैं आएको क्विकर फुड्सका सञ्चालकले नै उपाय सिटी कार्गोको सेवा दिने फेन्चआईच पार्टनर लिइएको हो ।

उपाय सिटी कार्गो विराटनगरका निर्देशक दिवस दाहालले विराटनगरसहित इटहरी, धरान, इनरुवा र उर्वाबारीसम्म सामानहरु पु¥याउने काम दुई महिना अगाडीदेखि नै सुरु गरिएको जानकारी दिनुभयो । सेवाको औपचारिक शुभारम्भ गर्नु अगाडी हामीले ढुवानीका सवारी सञ्चालक र चालकसँग परामर्श गरेका छौं, दाहालले भन्नुभयो–हालसम्म २०० सवारीका चालकलाई यस बारेमा जानकारी गराएका छौं ।
विराटनगरमा बिजनेश मोटिभ भएर काम गर्न व्यापारीसँग परामर्श भईरहेको दाहालले बताउनुभयो । उपाय सिटी कार्गोको औपचारिक शुभारम्भ कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाललाई प्रथम अथिति बनाइएको थियो । जसको उद्देश्य अब ट्रेडिङका सामान एकस्थानबाट अर्को स्थानमा पु¥याउने वैधानिक र संगठित कम्पनीको सुविधा शहरमा भित्रिएको जानकारी गराउनु थियो ।

रिजालले नयाँ सोचसहित विराटनगरमा सेवा विस्तार भएको उपाय सिटी कार्गो व्यापारीक क्षेत्रका लागि महत्वपूर्ण अवसर भएको भन्दै प्रशंसा गर्नुभयो । रिजालले आगामी दिन सुचना र प्रविधिको प्रयोगले मात्रै मानिसको आयआर्जन बृद्धि गराउने कसैले भुल्न नसक्ने बताउनुभयो ।
उपाय सिटी कार्गोबाट एक ठाउँबाट अर्को ठाउँमा सामान पठाउन मोवायल एपको प्रयोग समेत गर्न सकिन्छ । त्यस बाहेक यसको वेव पेज र कलसेन्टरसहित इमेल गरेर समेत सेवा लिन सक्ने सुविधा रहेको छ ।

मोवायल एपमा विशेष गरि सर्वसाधारण, बिजनेश मेन र सवारीका चालकलाई आवद्ध हुने सुविधा रहेको छ । मोवायलमा एप डाउनलोडका लागि प्लेस्टोरमा गएर उपाय सिटी कार्गो डाउनलोड गर्ने, नयाँ दर्ता हुने, आफ्नो विवरण राखेर साइन अप गर्न सकिने छ । एपमा आवद्ध भएका चालकको फोनमा सामान ट्रान्सपोर्ट गर्नुपर्ने विवरण कम्पनीमा आएसँगै अटोमेटिक म्यासेज जानेछ । चालकले आफूले ट्रान्सपोर्ट गर्ने ईच्छा एपबाटै व्यक्त गरेपछि सामान बोकेर जान पाउनेछन् ।

विराटनगरका लागि फ्रेन्चआईच पार्टनर दाहालका अनुसार दुई किलोमिटर दुरीसम्म सामान ढुवानीका लागि ६०० रुपिँया लाग्नेछ । त्यसपछि क्रमशः किलोमिटरका हिसाबले ढुवानी खर्च लाग्नेछ ।
यो एकदमै सजिलो, सस्तो ढुवानी सेवा मानिएको छ । मेनेजिङ्ग डाइरेक्टर रायमाझीका अनुसार निकट भविष्यमै ट्रान्सपोर्ट सेवा समेत सुचारु हुने भएकोले देशभर सामान ढुवानी गरिनेछ । हालसम्म देशभरमा तीनहजार ५०० चालक उपाय सिटी कार्गोमा आवद्ध भईसकेका छन् । संस्थागत सेवा लिनेमात्रै ७०० सय सेवाग्राही रहेका छन् । त्यस बाहेक आफूलाई आवश्यकता पर्दा व्यक्तिगत रुपमा सेवा लिनेको संख्या पनि उतिकै छ । सप्लाई चेनलाई व्यवस्थित गर्नका लागि यो सेवाले धेरै ठूलो भूमिका निर्वाह गर्ने दावी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्