विराटनगरमा होस्टलबाट पाँचवटा मोवाईल र ल्यापटप चोरी

<span class='c1'>विराटनगरमा होस्टलबाट पाँचवटा मोवाईल</span> <span class='c2'>र ल्यापटप चोरी</span>

विराटनगर । विराटनगर १२ मा रहेको अन्नपुर्ण ब्वाइज होस्टलमा गत चैत्र १६ गते विहान ४ बजे ५ वटा मोवाईल सहित ल्यापटप चोरी भयो । चोरी भएकै दिन होस्टल संचालक राम महासेटले विराटनगर १२ मा रहेको बखरी चौकी, वडा प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङ जानकारी गराए ।

त्यसको भोली पल्ट चैत्र १७ गते पुनः जिल्ला प्रहरी कार्यालयमा गएर चोरी भएको घटनाबारे लिखित जानकारी पनि गराए । तर आज १५ दिन बढी भईसक्दा पनि प्रहरी खासै चासो नदिएको पीडित होस्टल संचालक महासेटको गुनासो छ । ‘मैले सिसि क्यामारामा चोरी गर्ने व्यक्तिको हुलिया सहित स्पष्ट नाम ठेगना सहित प्रहरीलाई जानकारी गराईसके तर प्रहरीले खासै चासो दिएन ।’
चोरी गर्ने व्यक्ति यसअघि पनि पटक पटक चोरी मुद्धामा पक्राउ परेको सुनेको छु, खै प्रहरीले मेरो यो घटनामा किन चासो दिएन बुझ्न नै सकिरहेको छैन ।’ होस्टलबाट चोरी गर्दै गरेको सिसि क्यामारामा ती व्यक्ति देखिन्छन् पनि । होस्टलमा बसेका अन्य ब्यक्तिहरु भने सबै सुतेको अवस्थामा ती व्यक्तिले करिब डेढ लाख बराबरको ल्यापटप सहित कोठामा चार्ज गरेको अवस्थामा राखिएका मोवाईल चोरी गरेर फरार भएका थिए ।

को हुन् ती चोरी गर्ने व्यक्ति
अन्नपुर्ण होस्टलमा नै बस्दै आएका एक विद्यार्थीको साथीको साथी बनेर अघिल्लो रातमा नै ति व्यक्ति होस्टलमा बस्छन् । नभन्दै ती व्यक्ति राती त्यही नै बस्छन् र विहान ४ बजे पछि होस्टलमा अन्य व्यक्तिहरु सुतिरहेको अवस्थामा चोरी गरेर फरार हुन्छन् । फरार हुने व्यक्ति सिसि क्यामारामा उसको हुलिया राम्रोसँग देखिने भएका कारण होस्टल संचालकले त्यही बसेका विद्यार्थीको साथ लिएर ती व्यक्तिको खोजिमा लाग्छन् । नभन्दै ती व्यक्ति लागुऔषध प्रयोगकर्ता भएको पुष्टि हुन्छ । सिसि क्यामाराको साहारामा खोजिनिधी गर्दैै जादाँ सिराह २२ औराहा का २२ बर्षिय सुनिल यादव भएको होस्टल संचालक राम महासेटले आवर विराटनगरलाई जानकारी दिए । ‘उसले प्रयोग गर्ने मोवाईल नम्बरमा केही दिन अघि सम्म लागेको थियो । फोन गर्दा उल्टै धम्की दिन्छ महासेटले भने, प्रहरीले पनि मलाई केही गर्न सक्दैन जा जोसुकैलाई भन भन्दै फोन काटी दिनेगर्छ ।’

हामी खोजिरहेका छौ प्रहरी
होस्टलबाट ५ वटा मोबाईल सहित १ ल्यापटप चोरी गर्नेको हुलिया सहित जानकारी प्राप्त भईसकेको मोरङ प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले बताउनुभयो । चोरी गर्ने व्यक्तिको घर सिराह भएका कारण हामी सोही जिल्लामा पत्र पठाएर ती व्यक्तिको खोजिकार्य थाल्नेछौ । हुलिया सहित नाम दिएको व्यक्तिलाई सोधपुछ गर्छौ डिएसपी श्रेष्ठले भन्नुभयो, ‘अहिलै नै उसैले चोरी गरेको हो भनेर भन्न सकिन्न पहिले हामी घटना बारे अनुसन्धान गर्छौ अनि मात्र वास्तविक्ता बाहिर आउनेछ ।’तर घटनाबारे हामी खोजिकार्यमा लागिरहेकाछौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्