विराटनगरका पाँचवटा वडा जनप्रतिनिधिविहीन, १३ जना अध्यक्षले दिए राजीनामा

<span class='c1'>विराटनगरका पाँचवटा वडा जनप्रतिनिधिविहीन, १३</span> <span class='c2'>जना अध्यक्षले दिए राजीनामा</span>

विराटनगर । विराटनगरमा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न बहालवाला ६३ जना जनप्रतिनिधिले राजीनामा दिईसकेका छन् । निर्वाचनमा पुनः उमेदवार बन्नका लागि अनिवार्य राजीनामा दिनुपर्ने व्यवस्था भएपछि महानगरपालिकाका ६३ जना जनप्रतिनिधिले राजीनामा दिएका हुन् ।

उम्मेदवार बन्नका लागि राजीनामा दिँनेको संख्या बढ्दै जाँदा ५ वडा जनप्रतिनिधि विहीन भएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले विराटनगर–४, ५, १७, १८ र १९ नम्बर वडा जनप्रतिनिधिबिहीन भएको बताउनुभयो । यी वडाका अध्यक्ष र सदस्यसहित सबैले राजीनामा दिएका छन् । शुक्रवार सम्ममा ६३ जनाले राजीनामा दिएको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताउनुभयो । हालसम्म १३ जना वडा अध्यक्षले राजनीनामा दिएका छन् । तर, वडा अध्यक्षले राजीनामा दिएपछि वडा सदस्यहरूले राजीनामा नदिएका वडा समेत छन् ।

राजीनामा वडाध्यक्षहरूमा विराटनगर–४ का देवेन्द्र पोखरेल, ५ का मीनकुमार आचार्य, ६ का विजय कामत, ७ का मधुबाबु तिवारी, ९ का विश्वनाथप्रसाद भगत, १० का माधवराज वाग्ले, ११ का तिर्थेन्द्र न्यौपाने, १२ का हिरालाल कामत, १३ का झरिलाल महतो, १४ का बलदेव यादव, १५ का अस्लम आलम, १७ का समीर कमर, १८ का (कार्यवाहक अध्यक्ष) राजदेव यादव र १९ का बद्रीनारायण सरदारले राजीनामा दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्