विराटनगरमा नागेश कोइरालाको संभावना प्रवल

विराटनगरमा नागेश कोइरालाको संभावना प्रवल

विराटनगर । नेपाली काँग्रेसले विराटनगरको मेयरमा नागेश कोइरालालाई टिकट दिने संभावना बढेको छ । डा.शेखर कोइराला पक्षका कोइरालालाई विराटनगरमा टिकट दिनुपर्ने दवाव बढ्दै जाँदा मेयरमा नागेशको संभावना बलियो हुँदै गएको दावी गरिएको छ ।

नेपाली काँग्रेस महानगर समितिका सभापति दिपक चापागाँईले कोइरालाको विषयमा मूलभूत सहमति भईसकेको तर निर्णय हुने बाँकी रहेको बताउनुभयो । सभापति शेरबहादुर देउवाले डा.शेखर पक्षको समेत मान राख्नुपर्ने भएकोले गृहनगरमा नागेशलाई टिकट दिने मनसाय व्यक्त गरेको काँग्रेस स्रोतले बताएको छ ।

यद्यपी काँग्रेसको कार्यसम्पादन समितिको बैठक केहिबेरमा बसेर गरिने निर्णय मात्रै अन्तिम र आधिकारिक हुनेछ । काँग्रेस निकटस्थसँग नागेशले आफ्नो संभावना बलियो भएर गएको भन्दै सन्तुष्टि तथा खुशी बाँड्न थालेका छन् ।

काँग्रेस महानगर समितिले जिल्ला उपाध्यक्ष नागेशसहित महानगर सभापति दिपक चापागाँई, उपमेयर इन्दिरा कार्की, केन्द्रीय सदस्यत्रय अमृत अर्याल, डा.डिला संग्रौला, भीम पराजुली र प्रदेश सदस्य गोपाल रेग्मीको नाम सिफारिस गरेको थियो । नागेशलाई महानगरको टिकट दिदाँ गठबन्धनबीचको समझदारी समेत कार्यन्वयनमा सहज हुने देखिएको छ । उनले यस अगाडी नै केन्द्रको निर्णयलाई कार्यन्वयन गरेर जानुपर्ने विचार व्यक्त गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्