विराटनगर । जनता समाजवादीबाट विराटनगरको मेयरका प्रवल दाबेदार उमेश यादवले छाडेका छन् । स्थानीय तह निर्वाचनमा
विराटनगरको मेयरमा उम्मेदवारी दिने तयारीमा घरदैलो गरिरहेका यादवले शनिबार पार्टी नै छोडिदिएका हुन् ।
सत्तारुढ गठबन्धनबीच तालमेल हुँदा विराटनगरको मेयर नेपाली काङ्ग्रेस, र उपमेयर जसपाको भागमा परेको छ । पार्टी छाडेको घोषणा गरेका यादवले आफू स्वतन्त्र बस्ने बताएका छन् । यादव स्वतन्त्र रुपमा मेयरको उम्मेदवार बन्ने तयारीमा छन् । तर, उनी अन्य पार्टीसँग आवद्ध भएर पनि उमेदवार हुनसक्ने संभावना अझै जीवितै रहेको बताइन्छ ।
२०७४ सालको निर्वाचनमा मेयरको उम्मेदवार बनेका यादव विराटनगरमा गठबन्धनको पक्षमा थिएनन् । भागवण्डा गर्दा उपमेयर पाएपछि जसपाको नगर समितिले उमेश यादवसहित ८ जनाको नाम उपमेयरका लागि सिफारिस गरेको थियो । उपमेयरको उम्मेदवार सिफारिस सूचीमा अध्यक्ष यादवका छोरा अमरेन्द्र यादवको पनि नाम छ ।
नगर कमिटीले उपमेयरका लागि केन्द्रीय सदस्य भूराज राई, डा. रामविलास यादव, अमरेन्द्र यादव, उपाध्यक्ष मोहम्मद नसरुल, बिमला अर्याल, उमेश यादव, सदिना खातुन र कुन्ता राईको नाम केन्द्रमा पठाएको थियो ।