जसपा नेता यादवद्वारा पार्टी परित्याग

<span class='c1'>जसपा नेता यादवद्वारा</span> <span class='c2'>पार्टी परित्याग</span>

विराटनगर । जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् सदस्य उमेश यादवले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

शनिबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेका हुन् । उनले अन्य कुनै पार्टी प्रवेश नगर्ने समेत जानकारी दिए ।

मोरङका प्रभावशाली नेता यादवले विराटनगरमा पार्टीको बलियो अवस्था हुँदा समेत गठबन्धन गरी महानगरपालिकाको प्रमुख पदमा छाडेको बिषयप्रति आपत्ती जनाए । पार्टीले महानगर प्रमुखमा जित्ने अवस्थामा रहँदारहँदै प्रमुख पद छाडेको विरोध स्वरूप पार्टी त्याग गरेको उनले बताए ।

नेता यादवले गठबन्धनबाट कार्यकर्तालाई ठूलो धोका भएको चर्चा गर्दै आईतबार महानगर प्रमुखको पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा समेत गरे । यादव २०७४ सालको निर्वाचनमा जसपाबाट महानगर प्रमुख पदमा उम्मेदवारी दिई तेस्रो स्थान ल्याएका नेता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्